| बिहिबार, कार्तिक ४, २०७८

सहमति महिला उद्यमशिलता बिकास परियोजना

दरौँदी : सहमति नामको गैरसरकारी संस्थाले महिला उद्यमशिलता बिकास परियोजना गत वर्षदेखि गोरखामा सुरु गरेको छ । शहिद लखन गाँउपालिका, गोरखा नगरपालिका, र पालुङटार नगरपालिका मा यो परियोजना साझेदारी सस्था लुथरन वल्र्ड रिलिफसँगको साझेदारीमा यो परियोजनाको वैठक बिहिवार गोरखा सदरमुकाममा संञ्चालन गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षता मा कार्यक्रम भएको हो कार्यक्रममा सहमतिको परियोजना संयोजक शिब सुवेदीले गरेको कार्यक्रम र गतिबिधि बारे जानकारी गरेका थिए ।

सोही कार्यक्रम जिल्ला समन्वय समिति उपप्रमुख जानुका अधिकारी, जिल्ला समन्वय अधिकारी नानीबावु पोख्रेल, कृषिज्ञान केन्द्रका प्रमुख पशुराम अधिकारी, गैरसरकारी संस्थाका अध्यक्ष सिताराम श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, शहिद लखन ३ का कृषकहरु रेक्सोना दर्लामी मगर, होमनाथ रिमाल, सहमतिका कार्यबाहक अध्यक्ष मोहन सुवेदी सहभागी थिए ।

सो संस्थाले अहिलेसम्म गोरखामा ६५ लाख ९९ हजार खर्च गरेका छन् । तरकारी खेतीमा ७२ जना महिला, आलु खेतीमा ३८ जना महिला, बेसार खेतीमा १५६ जना महिला लाभान्वित भएका छन् । त्यस्तै, अदुवा खेतीमा ३४ जना महिला, जुस पसलमा १ जना महिला, खाद्य प्रशोधनमा ३१ महिला सहमतिले संञ्चालन गरेको कार्यक्रम ती पेशामा आवद्ध भएका छन् ।


उत्पादन रोजगारीको कारण लघु उद्यमीहरुको उद्यममा दिगोपनका लागि कृषि, पशुको बिमा माग गरेका थिए ।, बगैचा सुधार र व्यवस्थापनमा चुनौती रहेको भन्दै किसानहरुले सहयोग माग गरेका थिए । केन्द्रीय कार्यालय नबलपुरमा रहेको सहमति संस्थाले तनहुँ र नबलपुरमासमेत कार्यक्रम संञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्