| बिहिबार, कार्तिक ४, २०७८

लियो क्लब अफ गोरखाले आयोजना गरेको दौड प्रतियोगीतामा ढकाल प्रथम

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् ।


लियो प्रतिक्षालय लक्ष्मीबजार बाट सुरु भई पुरानो वसपार्क गोरखासम्म जम्मा ४ कि.मिको दुरी २० मिनेट १५ सेकेण्डमा पुरा गरि ढकाल प्रथम भएका हुन् । त्यस्तै २० मिनेट २८ सेकेण्ड समय लगाई नवराज गुरुङ दोश्रो भएका छन् भने २० मिनेट ४६ सेकेण्ड समय लगाई नविन कुबँर तृतिय भएका छन् । क्रमशः प्रथमले रु. ५ हजार, दोश्रोले रु.३ हजार र तृतियले रु. २ हजार पुरस्कार स्वरुप पाएका छन् ।


लियो सुमन श्रेष्ठको अध्यक्षतमा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, विशेष अतिथि लियो जिल्ला परिषद ३२५बि१ नेपालको अध्यक्ष लियो प्रकास थापा क्षेत्री, लायन्स क्लब अफ गोरखाका अध्यक्ष लायन चन्दन बाबु खत्रि, अतिथिमा लायन्स क्लब अफ गोरखा कालिकाका अध्यक्ष लायन मिनादेवि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


लियो क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष लियो बालकृष्ण परियारले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्र संयोजक लियो समिर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्