| बिहिबार, कार्तिक ४, २०७८

गोरखामा कांग्रेस महाधिवेशनको रौनक (फोटो फिचर)

गोरखामा कांग्रेसको १४ औँ महाधिवेशनको चलिरहेको छ । क्षेत्रिय अधिवेशन, महाधिवेशन प्रतिनिधी चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ । सदरमुकाम क्षेत्र वरिपरि झण्डा टाँगिएका मोटरसाइकल, चारपाङ्ग्रे गाडीहरु त्यस्तै गरि घरहरु ब्यानरले ढाकीएका छन् । मूख्यत पार्टी कार्यालय वरिपरि तिनधारे, ठूलोआगन क्षेत्रमा धेरै नै चहलपहल रहेको छ ।

क्षेत्र नम्बर २ को निर्वाचन हुने ठाउँ निर्माण ब्यवशायी संघका कार्यालय रहेको हरमटारी क्षेत्रमा पनि नेता कार्यकर्ताको भिडभाड छ । अहिले दुबै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रिय समितिमा उमेद्धवारी दिनेको लर्को छ ।

गोरखा सदरमुकामको होटलहरु खचाखच छन् । होटलमा कोठा पाउन मुस्किल भएपछि केही कार्यकर्ता तनहुँको आँबुखैरेनीमा पनि बसेका छन् भने केही आफन्तकहाँ बस्ने गरेका छन् । कोभिडका कारण थलिएको होटल र रेष्टुरेन्ट ब्यवशायमा अहिले सुधार देखिएको छ । नेता कार्यकर्ता भोट माग्नमा ब्यस्त छन् ।

महाधिवेशन प्रतिनिधीमा दुईवटा क्षेत्रबाट ४८ जना चयन गर्नु पर्नेछ । आकाक्षिं भने दोब्बर छन् । दुई क्षेत्रको गरी करिब एक हजार सात सय क्षेत्रिय प्रतिनिधि मतदाता हुनेछन् । उनीहरु पनि अहिले सदरमुकाममा छन् ।

कांग्रेसका केन्द्रिय नेता, प्रतिनिधी नभएको सुभेच्छुकहरु, गाउँ स्तरका नेता कार्यकर्ता पनि सदरमुकाममा छन् । करिब दुई हजार जना कांग्रेसको अधिवेशनका लागि गोरखा सदरमुकाममा रहेको अनुमान नेता कार्यकर्ता गर्छन् ।