| शुक्रबार, बैशाख ७, २०८१

मदनेडाँडा माविका विद्यार्थीलाई ५० हजारको शैक्षिक सामग्री बितरण

पालुङटार नगरपालिका–९ धुवाकोटको मदनेडाँडा माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र बिद्यालय पोशाक वितरण गरिएको छ ।


गरिव तथा जेहेन्दार १२ जना बिद्यार्थीलाई कापी, क्यालकुलेटर, ज्योमेटीबक्स, कलम लगायतका सामग्रीको साथमा पोशाक वितरण गरिएको हो । जन्मभूमीमा जननीहरुको अभियान नामक संस्थाले करिव ५० हजार रकम बराबरको सामग्री वितरण गरिएको शिक्षक भुवन सेडाइले बताए । ६/६ महिनामा बिद्यार्थीलाई सामग्री वितरण हुनेछ ।


‘मेरो देश नेपाल, भूमीमा जननीहरुको अभियान भन्ने नाराका साथ देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन अभियान सुरु गरेको संस्थाले जनाएको छ ।


देशभरीका गरिब, दुखी, अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन नदिनका लागि अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।


अभिभावक संघका अध्यक्ष राजाराम बुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद उप्रेती, सहायक प्रअ सानबाबु थापाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्