| बिहिबार, कार्तिक ४, २०७८

गोरखा संग्रहालय दशैँ तिहारमा तीन : तीन दिन मात्रै बन्द हुने

गोरखा संग्रहालय बिदाको दिन पनि खुल्ने भएको छ । बिजयादशमीको अवसरमा फुलपाती सम्म संग्रहालय खुल्ने छ । निमित्त प्रमुख हरिबहादुर थापाले सुचना जारी गर्दै दर्शकहरुको सुविधालाई ध्यान दिएर बिदाको दिन पनि खोल्ने निर्णय गरिएको बताए ।

‘दशैँको ३ दिन अष्टमी, नवमी र दशमी तथा तिहारको औँसी, प्रतिपदा र द्धितिया गरी छ दिन बाहेक सबै दिनहरुमा संग्रहालयको प्रदर्शनी कक्षहरु खुल्ला रहन्छ’ संग्रहालयले जारी गरेको सुचनामा भनिएको छ ।

दशैँ, तिहार बिदाको समयमा गोरखा दरबार आएका भक्तजन, गोरखा भ्रमण आएका विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकको सजिलोका लागि संग्रहालय खुल्ला गरिएको हो ।

गोरखा संग्रहालयमा पृथ्वीनारायण शाहाकालका भाडम वर्तन, युद्धका स्केच, त्यतीबेला प्रयोग भएका हातहतियार, जातिय, धार्मीक, सांस्कृतीक पहिचान झल्कने डमीहरु, बिभिन्न आलेहरु, राजगद्धी अवलोकन गर्न पाईन्छ ।