| बिहिबार, कार्तिक ४, २०७८

स्वस्थ र सुखी दशैँ मनाऔँ, शुभकामना


हिन्दू नेपाली सबैको घर आँगनमा दशै भित्रिएको छ । माहौल दशैँमय बनेको छ । बर्षभरि रित्तो बनेका गाउँघर अहिले भरिभराउ हुन थालेका छन् । झाडीले ढाकेका घर आँगन उघारो बनेको छ । पिङ हाल्ने, साँस्कृतिक कार्यक्रम गर्ने, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भइरहेका छन् ।


दशैँमा घरघरमा बली पार्ने चलन हुन्छ । अथवा बली नपारेको घरमा पनि खसी काट्ने मासुका रास थुपार्ने काम हुन्छ ।


यो बेला मुख्यत दुई कुरामा ध्यान दिनुपर्छ । पहिलो ः मासु धेरै खानु हुदैन । भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । मासु यसैपनि स्वस्थकर खाद्य पदार्थ हो कि होइन भनेर बहश भइरहेको छ । त्यसमाथि पनि धेरै खानु त झन् हानीकारक हुन्छ ।


अनि स्वस्थ मासु मात्र खानु पर्छ । स्वस्थ मासु भनेको सफा मासु होइन । स्वस्थ भनेको सफा त यसै हो, त्यस्तै नभएको मासुलाई स्वस्थ मासु भनिन्छ । मासु खाँदा रातो मासु कम खानुपर्छ । यसले कोलस्टोर, रक्तचाप, मुटुका अन्य रोग भएका बिरामीलाई नराम्रो असर गर्छ ।
त्यस्तै राम्ररी सफा नगरिएका, रौँसहितका मासुले बिगार गर्ने गर्छ ।


दोस्रो कुरा हो, अहिले कोभिड कम भएको मात्र हो, कोभिड हटेको छैन । यस्तो बेला भिडभाड गर्ने, भौतिक दुरी कायम नगर्ने गर्दा कोभिड डरलाग्दो रुपमा फैलन सक्छ । त्यसैले दशैँमा हुने सांस्कृतिक कार्यक्रममा, शुभकामना कार्यक्रममा सहभागी नहोऔँ, हुनै परेमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न नभुलौँ ।


त्यस्तै अत्याधिक मादक पदार्थ सेवन गरी समुदायमा आर्थिक, शारीरिक, सामाजिक रुपमा नोक्सानी नगरौँ । यो दशैले सबैमा सुख, शान्ति, संवृद्धि, ऐश्वर्य, आरोग्य उमंग ल्याओस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्