| बिहिबार, कार्तिक ४, २०७८

गोरखा दरबारबाट हनुमानढाेका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारस्थित दशैँ घरबाट आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।
विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले फूलपातीसहितको डोली पठाएका हुन् ।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्‍याएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ ।

प्रतिक्रिया दिनुहोस्