| बिहिबार, कार्तिक ४, २०७८

गोरखाका एक सहित ८ जनाको जिप दुर्घटनामा मृत्यु

पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा गोरखाका एक सहित ८ जनाको मृत्यु भएको छ ।


सोमबार भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री, कास्कीको अन्नपूणर् ५ नयाँपुल बस्ने जीप चालक ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले र बर्ष १८ को आशिष आले रहेको प्रहरीले जनाएको छ । काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन् ।


पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्