| शनिबार, बैशाख ८, २०८१

गोरखाको छेपेटारमा काट्ने बेला भएको धान किराले सखाप

पाकेको धान थन्क्याउनु नपाउँदा गोरखाका किसान चिन्तित छन् । गोरखा नगरपालिका १० छेवेटारका किसानलाई भने दोहोरो पिरलो छ । पाकेको धान झरी काट्न पाएका छैनन् भने अर्कोतिर खैरो फड्के किराले सखाप बनाएको छ ।


सृष्टी कृषक समुहमा आवद्ध किसानले बुधवार गोरखा नगरपालिकाको कृषि शाखामा फोन गरेर गुनासो राखे । कृषि शाखाका प्रमुख नभिन अधिकारी खेतमै पुगेर समस्या समाधानको प्रयास गरे ।

‘किराले करिब एक सय रोपनी धान सखाप बनाईसकेको रहेछ’ उनले भने ‘जरा भन्दा माथि धानको बोट चुसेर किराले क्षती पु¥याएको छ ।’ पदम तामाङ, हरिमाया तामाङ लगायत किसानको धानखेतीमा धेरै क्षती पुगेको छ ।


गोरखा नगरपालिकाको कृषि शाखाले वर्षातले धान खेतीमा पु¥याएको क्षतीको बिवरण संकलन गरिरहेको जनाएको छ । कृषि शाखाका प्रमुख अधिकारीले भने ‘के कति क्षती भएको छ भन्ने बिवरण लिँदैछौँ’ उनले भने ‘केही ठाउँमा हामी आफैँ गएर पनि स्थलगत हेरेका छौँ ।’ पाकेको धान लगातार वर्षात भएर समयमै काट्न नपाउँदा उत्पादनमा ह«ास आउन सक्ने उनले बताए ।


अहिले किराले खाएको धानमा विषाधी राख्न भन्दा पाकिसकेकाले तत्काल काट्दा प्रभावकारी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्