| सोमवार, मंसिर १३, २०७८

अप्रत्यासित विपत व्यवस्थापनमा जुट्न कांग्रेस गोरखाको आग्रह


अप्रत्यासित र बेमौसमी वर्सातले गोरखा लगायत देशका विभिन्न भागका नागरिकको जनजीवन अस्तव्यस्त बनाएकोप्रति नेपाली कांग्रेस गोरखाले दुख ब्यक्त गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गोरखा कांग्रेसले बर्षातका कारण आम नागरिकले झेल्नुपरेको जुनसुकै कठिनाई र कष्टप्रति दुःख ब्यक्त गर्दै यस्तो असहज परिस्थितिमा साथ र सहयोगीका रुपमा रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।


बिगत केही दिनदेखिको बर्षातले गोरखाका बिभिन्न स्थानीय तहमा किसानले लगाएको धानबाली नष्ट गरेको र उत्तरी क्षेत्र जाने बाटो, सडक पहिरोले अवरुद्ध बनाएको र कतिपयको घर जोखिममा पु¥याएको भन्दै यस्तो बेलामा देशमा रहेका तीनै तहका सरकारले आम नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउने गरी आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतका लागि केन्द्रीत गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ ।


विपतमा परेकालाई राहत, उद्धार तथा सबै खालका सहयोगमा जुट्न नेविसंघ तथा नेपाल तरुण दलमा आग्रह गरेको छ ।

अकस्मात आइपर्ने विपतका बिषयमा यथा समयमै सबैलाई प्रभावकारी रूपमा सुचित गर्नु सरकारको प्रमुख दायित्व भएकाले विपतको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्