| शनिबार, बैशाख ८, २०८१

लुदीखोलाबाट सालको काठ बरामद

जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार १२ थान सालका गोलिया काठ बरामद गरेको छ । गोरखा नगरपालिका वडा नं ९ लुदिखोलास्थित पुन्चे सामुदायिक वनबाट अवैधरुपमा ओसारपसार हुन लागेको सालको काठ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले बरामद गरेको हो ।


सोमबार दिउँसो उक्त ठाउँमा नामथर नखुलेका अज्ञात व्यक्तिहरुले अवैध रुपमा साल काठको गोलीयाहरु ओसार पसार गर्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय गोरखा र अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारबाट प्रहरी टोली उक्त स्थानमा खटिई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।


प्रहरी टोलीले पुन्चे सामुदायिक वनभित्र झाडीमा लुकाई छिपाई राखेको अवस्थामा १२ थान सालको काठका गोलीयाहरु बरामद गरेको डिएसपी प्रकाश दाहालले जानकारी दिए । उक्त काठहरु डिभिजन वन कार्यालय गोरखामा बुझाइएको र थप अनुसन्धान तथा कार्वाहीको लागी प्रक्रिया सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्