| शनिबार, बैशाख ८, २०८१

एमाले गोरखा र पालुङटार नगरपालिकाको अध्यक्षमा बस्नेत र श्रेष्ठ


मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ ।


मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्र तिवारी(वडा नं.३), सचिवमा शम्भू थापा(३), र उपसचिवहरुमा मानबहादुर राना(५) र कृष्णबहादुर बिक(११) सर्वसम्मत चयन भएका पार्टी नेता सम्झना देवकोटाले जानकारी दिइन् ।
त्यस्तै पालुङ्टार नगरपालिकाको नेकपा एमालेको अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ६४ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश अधिकारी( वडा नं. ९), सचिवमा प्रकाश न्यौपाने(४) र उपसचिवद्वयमा नारायण बराकोटी(६) र राममाया राना(१०) लाई सर्वसम्मत चयन गरेको नेता हरि काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्