| शनिबार, बैशाख ८, २०८१

नेमकिपाद्वारा एमसिसिविरुद्ध गोरखामा विरोध प्रदर्शन

नेपाल मजदुर किसान पार्टीले मिलेनियम कर्पोरेशन च्यालेञ्ज(एमसिसि)को बिरोध गर्दै गोरखामा प्रदर्शन गरेको छ ।

बिहिबार बिहान गोरखाको हरमटारीबाट निस्केको विरोध जुलुसले बसपार्क, ठूलोआँगन, अस्पताल मार्ग हुदै गोरखा बजार परिक्रमा गरेको थियो ।


जुलुसले एमसिसी चाहिँदैन, नेपाललाई रणभूमि बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए । उनीहरुले बसपार्कमा केहीबेर कोण सभा पनि गरेका थिए ।


जुलुसमा भक्तपुरबाट आएका प्रदर्शनकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्