| सोमवार, मंसिर १३, २०७८

पुसु डाँडाको चौतारीमा धार्चे झल्कने आकृति(फोटो फिचर)

केशव गुरुङ

उत्तरी गोरखाको धार्चे गाउँपालिका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ठाउँ हो । गुरुङ जातिको बाहुल्यता रहेको त्यहाँ पर्यटकलाई भुलाउन मानव निर्मित विभिन्न पार्क, परम्परागत घरहरुसँगै प्राकृतिक सौन्दर्यताले पनि भरिपूर्ण छ ।

No description available.


आन्तरिक तथा बाह्य पर्यटकलाई भुलाउने तिनै मनमोहक पर्यटकीय गन्तव्य र स्थानीय जनजीवनलाई झल्कने गरी चित्रकार दुर्गा गुरुङले एउटै चौतारीमा सबै अटाउने गरी चित्रमा उतारेका छन् ।

No description available.

बारपाकबाट मम्चेडाँडा हुदै लाप्राकको एकीकृत नमूना बस्ती पुग्नुअगावै पुसु डाँडाको चौतारीमा उक्त आकृति सजिलै देख्न पाइन्छ । चौतारीको माथिल्लो सिँढीमा एकै ठाउँमा एकै प्रकारका पाँचसय ७३ घर भएको लाप्राक एकीकृत नमूना बस्ती, भूकम्पको इपिसेन्टर, करिब तीन हजार मिटर उचाईमा रहेको धार्चे हिल र गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिं पार्क देख्न सकिन्छ ।

No description available.

पछिल्लो समयमा प्रसिद्धि कमाएको रुपीनाला पदमार्ग, गोठालो पार्क, नौली खोला झरना र क्यानोनिङ स्थल, धार्चे चिङ्गार लगायत पर्यटकीय स्थलहरु चित्रमा देख्न सकिन्छ । त्यस्तै, ०७२ सालमा गएको भूकम्पको बेला चुङकाङ डाँडाबाट निस्किएको धुवाँ, लेकबाट बेसी झर्दै गरेको एक हुल सहितको भेडीगोठ, स्थानीयहरु चौतारीमा भाकारी बिसाइरहेको चित्रमा देख्न सकिन्छ ।

No description available.

भिरालो जमिनमा मान्छेले हलो तान्दै गरेको र हिमालको काखमा स्थानीय महिलाहरु दाउराको भारी बोक्दै गाउँतिर फर्किरहेको आकृति चित्रमा झल्किन्छ । पुसु डाँडाबाट देखिने बौद्ध,गणेश, श्रृगी हिमालका साथै चैत्र बैशाखको समयमा लालीगुराँस रातै हुनेगरी ढपक्कै ढाकिएको डाँडाहरु सोही ठाउँमा चित्रकार गुरुङले उतारेका छन् ।

No description available.
No description available.

लाप्राक घुम्न आउने पर्यटकहरुलाई मौसमले साथ नदिएमा वा बादलले ढाकेको बेला चौतारीमा रहेको आकृतिबाट वरिपरि रहेका पर्यटक गन्तव्य हेर्न सकिने उनले बताए । उनलाई चित्र बनाउन पाँच दिन लागेको थियो ।

No description available.

वडाको बजेटबाट चौतारी निर्माण गरिएको हो । चित्र मार्फत पनि धार्चेको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने धाचे गाउँपालिका ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङ बताउँछन् । धार्चेका पर्यटकीय गन्तव्य र पुसु डाँडाबाट देखिने वरिपरिका सबै प्राकृति सौन्दर्यलाई चित्रमा उतारिएको उनले बताए । उक्त चौतारीमा अहिले स्थानीय तथा पर्यटकहरु फोटो खिच्ने र टिकटक बनाउनेहरुको भिड लाग्ने गरेको छ ।

No description available.
No description available.

पुसु डाँडाको चौतारीलाई स्थानीयहरुले इपिसेन्टर चौतारी नामले समेत चिन्ने गरेका छन् ।

No description available.