| सोमवार, मंसिर १३, २०७८

एमालेको दशौँ महाधिवेशनलाई गोरखाबाट १२४ वटा गाडी रिजर्भ

शुक्रबार चितवनमा उद्घाटन हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि गोरखाबाट ५ हजार भन्दा बढी कार्यकर्ता सहभागि हुने भएका छन् । शुक्रबार नारायणी नदी किनारामा हुने उद्धघाटन सत्रमा सहभागी हुन नेता तथा कार्यकर्ता लैजान १२४ वटा गाडी रिजर्भ गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए ।


उद्घाटन सत्रमा सहभागिता जनाउनका नेता तथा कार्यकताका लागि लागि गोरखाबाट एक सय १२ वटा बस रिजर्भ भइसकेको उनले जानकारी दिए । यसअघि पाँच हजार मात्र जाने भनिएता पनि महाधिवेशनमा सहभागि हुने नेता तथा कार्यकताको संख्या धेरै भएकाले बस, कार र मोटरसाइकल थप्नु परेको समेत उनले बताए । बिहिबार बेलुकासम्म बस एक सय १२ वटा, सानो गाडी १२ वटा रिजर्भ भइसकेको र तीन सय भन्दा धेरै मोटरसाइकल लाने तयारी भएको गुरुङले जानकारी दिए ।


चुमनुब्री बाहेक अन्य पालिकाबाट एक वडाबाट एक गाडीको व्यवस्था गरेको उनले बताए । उनका अनुसार कुनै वडामा एउटा वस र कुनै वडामा ४ वटासम्म बसको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्