| शुक्रबार, जेष्ठ ४, २०८१

लिग चरणको खेल सकियो, बुधबारबाट नकआउट चरणको खेल

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमवार तीन खेल सम्पन्न भएका छन् ।
पहिलो खेल वौद्ध हिमाल र सुर्योदय युवा परिवार बीच भएको थियो । उक्त खेलमा ४–२ गोल अन्तरले बौद्ध हिमाल बिजयी बन्यो । दोस्रो खेलमा दि गुर्खाज युनाईटेड पाटेचौर र सतिपिपल युवा क्लवले १–१ को बरावरी खेल्यो । तेस्रो खेल च्याङ्ली स्पोटर्स र मस्र्याङ्दी क्लव बिचको खेलमा कुनै गोल हुन सकेन ।

लिग चरणको खेल सोमवारबाट सकिएको छ । अब नकआउट चरणको खेल हुनेछ । चैत २ गते ए पोलबाट बिजयी हरमटारी क्लव र उप बिजेता चेपे आदर्श क्लव बीच खेल हुनेछ । बी पोलबाट बिजेता सतिपिपल क्लव र उप बिजेता वौद्ध हिमाल क्लव पालुङटार बीच खेल हुने एन्फा गोरखाले जनाएको छ ।

फाईनल खेल चैत ५ गते हुने महासचिव बिशाल गुरुङले बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ । चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्