| शनिबार, बैशाख ८, २०८१

कुन हर्षले गणतन्त्र दिवस मनाउने हो दुनियाँले ?

रमेशरमण खनाल

आदरणीय पाठकहरु, देशमा पटक पटक राजनीतिक परिवर्तन भइरहेको छ । २००७, २०१७, २०३६, २०३८, २०४६ २०५२ देखि २०६२÷०६३ सम्मको माओवादी जनयुद्ध तत्पश्चात ऐतिहासिक जनआन्दोलन सो जन जनआन्दोलनका माध्यमबाट प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रको बलमा बनेको नेपाल अधिराज्यको संविधान सबै भन्दा सर्वोक्तम र उत्तम संविधान भनी ६ सय १ सभासदहरुको सहमति र स्विकृतीमा बनाइएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जसमा शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सुरक्षा शान्ति, स्थायीत्व र आर्थिक समृद्धि, समानुपातिक, समावेशी सबै विषयबस्तुहरुलाई संविधानमा समाविष्ट गरिएको छ । तर विष्लेष्ण गर्ने पर्ने विषय के छ भने कागजमा किटानी गरिएका उपरोक्त विषयहरु जनताले निर्वाध रुपमा उपभोग गर्न पाए कि पाएनन ? जनताले रोजगारीको अवसर पायो कि पाएन ? जनताले स्वास्थ्य शिक्षा, सुरक्षा, न्याय जस्ता नैसगिं विषयमा पहुँच राख्न सक्यो या सकेन ।

यिनै विविध विषयहरु विचारणीय छन् । हिजोका संविधानहरुले ति विषयवस्तुहरुलाई समेटन् सकेन । विपन्न, दलित, जनजाती, महिला, सिमान्तकृत वर्ग र समुदाय आदिवासी जनजातीलाई समेट्न सकेन । ति वर्गको पहुँच पुगेन भनेर नै विभिन्न चरणमा विभिन्न आन्दोलनहरु भएका हुन् । र त्यसैको प्रतिबिम्ब स्वरुप माओवादीको जनयुद्ध थालनी भएको हो । १२ बुदे सहमति, ऐतिहासिक जनआन्दोलनको जगमा संविधान सभा निर्वाचन भएको हो ।

संविधान बनेको हो । यो तथ्यलाई कसैले पनि नकार्न सक्दैन तर के आज दुनियाँका आधारभूत आवश्यकताहरु परिपुर्ति भएका छन् ? गरिबको चुलो बल्न सकेको छ ? दिनहिन, असाहय वर्गका मानिसहरुको आर्थिक जिवनमा सुधार भएको छ ? न्यायमा सर्वसाधारण गरिब जनताको पहुँच पुगेको छ ? निश्चितै रुपमा कागजमा सिमित यो संविधानले जतिसुकै ओकालत र बखान गरे पनि निर्मला पन्त जस्ता न्याय नपाएका चेलीहरु गासबास र कपासको अभावमा सडकमा भौतारि रहेका ति अनाथ, बालबालिका र सर्वसुभल शिक्षाको अभावमा जहान परिवारको जिविकोपाजर्नका लागि खाडीमुलुकहरुमा वैदेशिक रोजगारमा हानीएका ति होनहार युवा युवतीहरुले के गणतन्त्रको वास्तविक अनुभूति गर्न पाएका छन् ? छैन, जहाँ परिवर्तन हुन्छ, परिवर्तनले जनताको जिवनस्तरमा काचुली फेर्नु पर्छ ।

आर्थिक, शैक्षिक, भौतिक हर चीजमा काचुली फेर्नुपर्छ । तर के यो कागजमा सिमित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले दुनियाँलाई त्यसको प्रत्याभूति गर्न सकेको छ र ? हिजो जनतालाई युद्ध र आन्दोलनमा आकर्षित गर्नका लागि राजनीतिक दलहरुले जनताका सामु तेस्राएका एजेण्डाहरु वेघरबारलाई घडेरी, बेरोजगारलाई काम, जोत्नेलाई जमिन, भोकालाई माम, अन्धा, अपाङ, असाहय र महिला, दलित, जनजाती गरिब र विपन्नलाई राज्यको संरक्षण भन्ने गुलिया एजेण्डा देखाएर जनयुद्ध र जनआन्दोलनमा झोसिएको होइन र ? त्यहि गुलियो एजेण्डालाई आत्मासात गरेर ति महान जनताले आफ्नो जीवनलाई बलिबेदी उत्सर्ग गरेको होइन र ? त्यहि एजेण्डाले ति होनहार युवायुवतीहरुले युद्ध र आन्दोलनमा आफुलाई उत्सर्ग गरेर घाइते अपाङ भएका होइनन र ? आज ति घाइतेहरु चल्नचडपटाउन नसकेर आफ्नै घर दलानमा छटपटाएर बसेका छन् ।

युद्ध र आन्दोलनमा साहदत गर्ने ति महान शहीदका परिवारहरु विधुवा बनेर विहान बेलुकाको चुलो कसरी जगाउने भनेर चिन्तामा तडपिरहेका छन् । अनि तिनै शहीदका नावालक टुहुराटुहुरीहरु काखका बाबुआमा गुमाएर स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारीबाट बन्चित भएर फुटपाथे जीवन विताउन बाध्य र विवश छन् । हिजो राजनीतिक दलका ति एजेण्डाहरु केवल जनता झुक्याउने कागजी खोस्टाहरु बनेका छन् ।

हजारौँ गुलिया र आकर्षक एजेण्डा र घोषणापत्र भए पनि त्यसको कार्यान्वयन कहाँ कति के भयो भन्ने जवाफ सत्ताको हालीमुहाली लिएर बसेका यी राजनीतक दलहरुसँग छ र ? यिनीहरुसँग हर पटक एउटै जवाफ छ, संघियता, गणतन्त्र, धर्मनिरपेक्षता समानुपाति समावेशी प्रणाली अनि यति सय किलोमिटर बाटो, यति पुलपुलेशा बनायो भन्ने बाहेक दोस्रो कुनै जवाफ छ र ? यहाँ त मुख्य कुरा के हो भने चाहे संघियता, गणतन्त्र जस्ता विषय होस या नहोस दुनियाँको दैनिकी सहजहिसाबले चल्नुपर्छ ।

यो पहिलो र अनिवार्य सत्र्त हो । विहान बेलुकाको चुलो बल्न सकेको छैन । रोजगारी छैन । स्वास्थ्य सुरक्षा र न्यायमा दुनियाँको पहुँच छैन । केवल राज्य सत्तामा हुनेखाने टाढाबाठा र अवसरवाद र विचौलियावादको हावी भएको छ । राज्यका सबै सम्यन्त्र उसैको कब्जामा उसैका पहुँचमा केन्द्रित छ र निर्भर छ । यस्तो अवस्थामा सर्वसाधारण सामान्य नागरिकले यो संघियताको गणतन्त्रको उपभोग नै गर्न पाएको छैन सकेको छैन भने गणतन्त्र दिवस भनाइरहनुको ति गरिब दुनियाँलाई के नै अर्थ हुन्छ राख्छ र ?

राणाकाल देखि आज सम्मको अवस्थालाई र इतिहासलाई नियालेर हेर्दा देशमा परिवर्तन त भयो तिनै सभ्रान्त हुनेखाने परिवार तिनका आसेपासे , विचौलिया, अवरवादीहरुलाई भयो दुनियाँले के पायो । कुनै पनि राजनीतिक परिवर्तनले वास्तविक अर्थमा जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । काचुली फेर्नुपर्छ । हिजोका अवस्थामा असहज बनेका विषयवस्तुहरु सहज र सुलभ हिसाबले निर्बाद उपभोग गर्न पाउनुपर्छ भन्ने ने होइन र ? तर के यो राज्य सत्ता र शासकहरुले जनतालाई त्यो उपलब्ध गराउन सकेका छन् ? छैनन् ।

केवल व्यवस्था मात्रको परिवर्तनले के अर्थ राख्ने रहेछ र जबकि कार्यशैली उहि, प्रवृति उहि, हिजो पनि तिनै दलाल, सामन्त पुजीपाती शक्तिहरुका पहुँचमा राज्यसत्ता आज पनि तिने शक्तिका पहुँचमा राज्यसत्ता फरक यत्ति रहयो हिजो राणाकालमा पृथक, पञ्चायत कालमा पृथक, बहुदलीय शासन कालयमा पृथक, लोकतान्त्रिक, गणतन्त्रीय शासन कालमा पृथक अनुहारहरु मात्रै रहे ।

कार्यशैलीमा जनताले अनुभूति गर्न सक्ने खालको कुनै परिवर्तन भएन । तस्करी, बलत्कारी, गन्डागर्दी, अपहरणकारी, हत्या, हिँसामा लाग्नेहरु दिनदाहडै खुलेआम यत्रतत्र गरिरहेका छन् । अपराधीलाई राख्न भनि बनाइएका जेल र हिरासतहरु एउटा निर्दोष गरिब र दुखी दुनियाँलाई विभिन्न प्रपन्च मिलाएर सडाउने थलो बनेको छ ।

पहुँचवाला अपराधी अपराध गर्छ , त्यसको बदलामा एउटा गरिब दुखीलाई पहुँचवाला अपराधीको अपराध थुपारेर दण्डित गराइन्छ । हजारौ हजार काण्डहरुमा सम्लग्न भएका ठुलाबडा हुनेखाने अपराधीहरु खुले आम मुस्कुराएर यत्रतत्र गरिरहेका छन् । तर त्यसको सट्टामा एउटा सामान्य गरिबको छोरो कठोर यातनाको जीवनमा बाचीरहेको छ । राष्ट्रिय अस्मिता दिनानुदिन लुटिएको छ। जङ्गेपिलरहरु दिनानुदिन सड्दै छन् ।

भारती एसएसपीको ज्यादतीले सिमामा रहेका निर्दोष नेपाली नागरिकहरुले पिडाई खानुपरेको छ । मृत्युवरण गर्नुपरेको छ । तर उसले काही कतै न्याय पाउदैन । यस्तो अवस्थामा धर्मराएको यो संघिय लोकतान्त्रिक गणतन्त्रले के दुनियाँको रक्षा गरेको छर नेपाली जनताले उत्साहपुर्वक गणतन्त्र दिवस मनाउने साँच्चै गणतन्त्र दिवस खुसीयाली पुर्वक मनाउने नै हो भने माथि उल्लेख गरिएका समग्र विषयबस्तुमा यो दुनियाँको पहुँच हुन सक्नुपर्दछ । अन्यथा यो गणतन्त्र दिवस तिनै विचौलिया अवसरवादी, दलाल, पुजीपति वर्ग र समुदायहरुले नै उल्लास र हर्षपुर्वक मनाउने दिन हो भन्दामा के गरिब दुनियाँ माथि अन्याय गरेको ठहर्छ र ।

प्रतिक्रिया दिनुहोस्