| सोमवार, असार १३, २०७९

गोरखा नगरपालिकाद्वारा घटनादर्ता शिविर सुरु

गोरखा नगरपालिका गोरखाले हिजोवाट नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने, विवरण दर्ता गराउने तथा गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन सुरु गरेको छ । नागरिक लाई घर दैलो नजिकवाट सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको नगर प्रमुख कृष्णबहादुर रानाले बताए ।

उपमेयर मसलीमाया थोकरले १४ वटै वडाको विभिन्न ४२ ठाउँवाट सेवा प्रवाह हुने बताइन् । तोकिएको ठाँउबाट जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाईसराई र सम्वन्ध विच्छेदको अभिलेखिकरण गर्ने गरी शिविर संचालन गरिने उनले बताईन् ।

सामाजिक विकास अधिकृत विजयभक्त तिवारीले यसलाई अभियानको रुपमा अगाडि बढाई सवै काजातलाई अनलाइन प्रणालीमा लैजान लागेको बताए । असार २ गतेबाट सुरु भएको कार्यक्रम १३ गतेसम्म चल्ने उनले बताए । असार २ र ३ गते वडा न १ मा छापथोक सामुदायिक भवन, पौवाडाँडा खोप केन्द्र, ताप्ले मानपुर सामुदायिक भवन, वडा न ६ मा बोसेपानी भवन, रानीपोखरी, बिसे नगर्ची चोक र वडा न १२ मा रानीटारपार्क, १० किलो वन अफिस, दरैटार पार्कमा आयोजना हुनेछ ।

त्यसैगरी असार ५ र ६ गते वडा नं २ पौवा वन अफिस, गौरी शंकर टोल नमुना भवन, वडा न ८ मा आहाले भन्ज्याङ्ग, सुर्योदय प्राथमिक विद्यालय आमडाँडा, रानीश्वाँरा आयुर्वेद चौतारा र वडा न १३ मा सिम्ले स्वास्थ्य सामुदायिक भवन, वनदेवी प्राथमिक विद्यालय वैटारी, मझुवा प्रहरी अफिसवाट सेवा प्रवाह हुने वताए ।

त्यसैगरी असार ७ र ८ गते वडा न. ३ मा बेनिखोला, विन्दवासिनी विद्यालय, पँडिनी चौतारा, वडा नं. ७ मा मान्द्रेढुंगा सामुदायिक भवन, हिलेपोखरी सामुदायिक भवन, भाङबारी सतिपिपल र वडा नं. १४ को गोप्लिङ्ग, याङ्गकोट, भटटवेशी, प्युघरवेशी मा आयोजना हुने वताए ।

साथै असार ९ र १० गते वडा न ४ पुतली वगैचा, कुवापानी सामुदायिक भवन, नवदुर्गा आधारभुत विद्यालय, वडा नँ ५ गोरखकाली विद्यालय, चिल्डूेन पार्क, शिवशक्ति विद्यालय र वडा न ११ पशु सेवा कार्यालय, भुराजवृक्ष आधारभूत विद्यालय, वडा न ११ हेल्थ पोष्टमा आयोजना हुने नगरपालिकाले जनाएको छ भने असार १२ र १३ गते वडा न ९ ठिगुरेश्वाँरा शान्तिनगर महिला समुह भवन, काफ्ले महिला समुह भवन, सिर्दी र वडा न १० को छेवेटार तारा मावि हल, समीचौर टोल विकास भवन, विरेन्चोक माविमा हुने आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्