| सोमवार, असार १३, २०७९

पालुङ्टार ६ कमलटारमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न


पालुङ्टार नगरपालिका वडा नं. ६ कमलटारमा एकदिने आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर मंगलबार पालुङ्टार नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाले कमलटारस्थित सहरी स्वास्थ्य केन्द्रको भवनमा शिविर सम्पन्न गरेको हो ।


शिविरमा तीनसय ४७ जनाले स्वास्थ्य लाभ लिएका वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठले जानकारी दिए । शिविरमा दुईसय ११ जनाले आँखा जाँचसम्बन्धी सेवा लिएका थिए भने एकसय ५५ जनाले मधुमेहसम्बन्धी समस्याको चेकजाँच र उपचार सेवा लिएका श्रेष्ठले जानकारी दिए ।


शिविरमा बाथ, सुगर, प्रेसर, पायल्स, अमलपित्तको समस्या भएका बिरामी धेरै भेटिएका राजन घिमिरे र वसन्त घिमिरेले जानकारी दिए ।
नेत्रज्योति संघद्वारा सञ्चालित पालुङ्टार आँखा उपचार केन्द्रले आँखा शिविर सञ्चालन गरेको थियो । सो शिविरमा आँखा उपचार केन्द्रका स्मृति पराजुली र संगीता श्रेष्ठले आँखा रोगको उपचार गरेका थिए ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त पण्डितको अध्यक्षता तथा पालुङटार ६ का वडाअध्यक्ष चेतबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा डाक्टर चन्द्रकान्त ज्ञावली र प्रशान्त पण्डितले आयुर्वेद उपचार पद्धति र योगाको महत्व बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्