| शुक्रबार, चैत्र १६, २०८०

सुन्दरता र हरियाली बढाउन लाप्राकको एकीकृत बस्तीमा वृक्षारोपण

गोरखाको धार्चे गाउँपालिका–४ गुप्सीपाखाको एकीकृत नमूना बस्तीमा वृक्षरोपण गरिएको छ । लुथरन वर्ड फेरेडेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास) नेपालले सोमबार एकीकृत बस्तीमा वृक्षरोपण गरेको हो ।

No description available.

एकीकृत बस्तीलाई सुन्दर र हरियाली बनाउने उद्देश्यले पहिरो पिडित समुदायका लागि खाद्य सुरक्षा र जीविकोपार्जन सुधार परियोजना अन्तरगत वृक्षरोपण गरिएको सहास नेपालका परियोजना अधिकृत नवीन धितालले बताए ।

No description available.

एकीकृत बस्तीमा गोल्डेन धुपी एक हजार ६५ वटा र अशोका ३ सय ९० वटा रोपिएको उनले जानकारी दिए । उनका अनुसार बाटो र नाली वरिपरि अशोक रुख र प्रत्येकको घर आँगनमा गोल्डेन धुपी रोपिएको हो ।

संस्थाले यसअघि पनि एकीकृत बस्तीमा बसोबास गर्दै आएका स्थानीयहरुको आयआर्जनमा वृद्धि गर्नका लागि विभिन्न सीपमुलक कार्यक्रम संचालन गर्दै आएको छ । धितालका अनुसार साबुन, आचार, धुप बनाउने र दालमोठ बनाउने तालिमहरु संचालन गर्दै आएको हो ।

No description available.

एकीकृत बस्तीमा संचालनमा रहेको १५ वटा होमस्टेलाई होमस्टे प्रबद्र्धन सम्बन्धी विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।

संस्थाको तर्पmबाट अव पहिलो चरणमा एकीकृत बस्तीमा बसोबास गर्दै आएका एक सय घरधुरीलाई सुधारिएको चुल्लो वितरण गर्ने कार्यक्रम रहेको परियोजना अधिकृत धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्