
गोरखा उद्योग बाणिज्य संघले पुसमा महोत्सव गर्ने
दरौदी : गोरखा उद्योग बाणिज्य संघले आउँदो पुसमा ११ औँ गोरखा महोत्सव आयोजना गर्ने भएको छ । संघको गत साउन ७ गते शनिवार बसेको कार्यसमितिको १० औँ बैठकले आगामि पुसमा महोत्सव गर्ने निर्णय गरेको हो ।
‘पुसमा गोरखा महोत्सव आयोजना गर्ने निर्णय भएको छ, तर गते तय हुन बाँकी छ’, संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ‘हामी कुन मोडालिटीमा कसरी महोत्सव गर्ने भन्ने योजना बनाउँदैछौँ ।’ यसअघि २०७५ पुसमा गोरखा महोत्सव भएको थियो । १० औँ महोत्सवपछि कोभिड १९ का कारण रोकिएको महोत्सव अब गर्ने योजना भएको उनले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई जिल्लाको ऐतिहासिक धार्मिक सांस्कृतिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ । साथै कृषि तथा घरेलु उद्योगको पहिचान ब्यवशायको प्रवद्र्धन र सम्वद्र्धनले जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने गरी गोरखा महोत्सव हुने संघका अध्यक्ष श्रेष्ठले बताए ।
‘गोरखालाई सुरक्षित आकर्षक गन्तब्यको रुपमा चिनाउने योजनामा पनि हामी छौँ’, उनले भने, ‘बिगतकोभन्दा केही नयाँ इमेण्टहरु गर्ने र यहाँका ब्यापारी ब्यवशायीको हितमा महोत्सव गर्ने गरी छलफल अघि बढेको छ ।’ साना ब्यवशायीलाई प्राथमिकता दिएर महोत्सव गर्ने संघले जनाएको छ ।
सोही दिनको संघको कार्यसमिति बैठकले पुष्कल अर्याललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । गोरखा नगरपालिका ८ निबासी अर्याल गोरखाको हरम टारीमा लामो समयदेखि ब्यवशाय गर्दै आएका युवा ब्यवशायी हुन् ।