| मङ्लबार, बैशाख ४, २०८१

अनिष आलेको हत्या आरोप लागेका सात युवा पुर्पक्षका लागि थुनामा


गोरखा नगरपालिका ८ आलेगाउँका अनिष आलेको रहस्यमय हत्याको आशंकामा पक्राउ परेका सात युवालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।


गत असार ३० गते खोलखोलेमा आलेको शव भेटिएपछि अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।


अदालतको आदेशमा गोरखा नगरपालिका ८ का २० बर्षका शिशिर थापा, पालुङ्टार नगरपालिका ८ का १९ बर्षका सचिनबाबु कोइराला, पालुङ्टार २ का १९ बर्षीय सुलवबाबु राना, धार्चे ५ का २३ बर्षीय सुरेश सुनारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै बारपाक सुलीकोट ४ का २१ बर्षीय विष्णु बिक, बन्दीपुर गाउँपालिका ६ का १९ बर्षका प्रथम गुरुङ र गढवा गाउँपालिका ८ दाङ घर भै गोरखा बस्दै आएका ४२ बर्षका नरेश बुढामगरलाई सोमबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


उनीहरुविरुद्ध प्रहरीले गत असार ३१ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो ।


घटना भएको रात उनीहरु अनिष आलेसंगै रहेको र संगै सुतेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्