| शुक्रबार, बैशाख २१, २०८१

आँबुखैरेनी गाउँपालिका द्वारा १५ बेडको अस्पताल सेवा आरम्भ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शैयाको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । विहिबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी १५ बेडको आँबुखैरेनी अस्पतालको सेवासुरु गरेको हो ।

गाउँपालिकाको नवनिर्मित भवन अगाडि पहिले वडा २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गर्दै गाउँपालिकाले अस्पतालको सेवा सुरु गरेको जनाएको छ । अस्पतालको सेवा शुभारम्भको अवसरमा आयोजित समारोहमा बोल्दै जनता माझ आफुले चुनावको बेला गरेको वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

सरकारी स्तरबाटै स्थानीय रुपमा अस्पताल संचालनमा ल्याएसँगै स्थानीय नागरिकले उपचारको लागि महगो रुकम तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता हट्ने उनले जानकारी दिए । अस्पतालको सेवा सुरुभएसगै अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन वातावरण बनेको उनले बताए ।

अस्पतालमा अहिले एक जना डाक्टरको मेडिकल टिमले सेवा दिनेछ भने आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र डाक्टर व्यवस्था गर्नेछ । यस्तै गाउँपालिकाले डाक्टर सहितको मोबाइल टिम टोल टोलमा पुगि जनताको स्वास्थ परिक्षण गर्नका निम्ति समेत योजना बनाइएको अध्यक्ष चुमानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्