
गोरखामा पहिलो पटक योमरी पुन्ही विषेश रुपमा मनाइने
गोरखामा योमरी पुन्हि विशेष रुपमा मनाईने भएको छ । मंसिर २२ गते रानीपोखरी परिसरमा प्रथम योमरी पुन्हि २०७९ मनाउन लागिएको नेवा देय दबू गोरखा नगर समितिका अध्यक्ष राहुल बज्राचार्यले बताए ।
‘पहिलो पटक योमरी पुन्हिको अवसर पारेर पाँचवटा स्टलमा हामीले बिभिन्न परिकार राख्नेछौँ’ उनले भने ‘त्यहाँ स्टल बाट योमरी चटामरी बारा, छोईला, समयवजी लगायत नेवारी खानाका परिकार उपलब्ध हुनेछ ।’ स्टलबाट सर्वसाधारणले खरिद गरेर खान पाउनेछन् ।
‘हामीले हाम्रो संस्कृतीको जर्गेना गर्न, नेवारी संस्कारलाई जीवन्त बनाउन, खानाका परिकारका बारेमा नयाँ पुस्तालाई जानकारी दिन पनि यो कार्यक्रम आवश्यक ठानेर गर्न लागेका हौँ’ अध्यक्ष बज्राचार्यले भने ।
अन्य समुदायका मानिसहरुलाई पनि नेवारी संस्कृति, परिकारको बारेमा जानकारी दिने, खानेकुराको स्वाद लिने अवसरका रुपमा खुल्ला स्टल राख्ने निर्णय भएको उनले बताए ।
रानीपोखरी परिसरमा पाँचवटा स्टल हुनेछ । नेवारी परिकारसँगै संस्कृति झल्कनेगरी हर्षोउल्लासका साथ योमरी पुन्हि पर्व मनाईले नेवा देय दबू गोरखाका नगर सचिव दीपक शाहीले बताए ।