| आइतवार, माघ १५, २०७९

आजदेखि ११ औँ गोरखा महोत्सव सुरु

आजदेखि ११ औं गोरखा महोत्सव सुरु हुँदैछ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे उद्घाटन गर्नेछन् ।

यसअघि विभिन्न झाँकीसहितको ¥यालीले गोरखा नगर परिक्रमा गर्नेछ । बिहान १० बजे रंगशालागेट हरमटारीबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी ११ बजे महोत्सव स्थल पुगेपछि महोत्सवको उद्घाटन समारोह सुरु हुने संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए ।

महोत्सवको उद्घाटन कार्यक्रम समापन गरी ठूलोआँगनमा हुने नगरपालिका र नेपाली सेनाको कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको उनले बताए । महोत्सव उद्घाटन समारोह सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड राजधानी काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको भनाइ छ ।

नेपाल भ्रमण बर्ष २०५४ मा पहिलो पटक गोरखा उद्योग वाणिज्य संघले गोरखा महोत्सव आयोजना गरेको थियो । त्यसपछि विशेष अबस्थाबाहेक नियमित रुपमा गोरखा महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्