| आइतवार, माघ १५, २०७९

म्यादथप नहुँदा एमक्यापको काम प्रभावित

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।
एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको छ ।

तर अहिलेसम्म म्याद थपका विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाका प्रमुख सत्यनारायण शाहका अनुसार एमक्यापको सकिएको म्याद थप नहुँदा कार्यालयबाट विगतमा संचालन भइरहेको कार्यक्रमहरु समेत प्रभावित भएको र आगामी वर्षमा संचालन हुने नीति तथा कार्यक्रमहरु संचालनका लागि समेत योजना बनाउननसकिएका बताए ।

साथै संरक्षण व्यवस्थापन समिति गठन गर्न पनि अन्यौल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्