| आइतवार, माघ १५, २०७९

पत्रकार पौडेलको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना हुने

माघ १ गते पोखरामा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतीमा पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अक्षयकोष स्थापना गर्ने भएको छ । प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका पौडेलको स्मृतीमा १० लाख रुपैयाँको अक्षयकोष बनाउने निर्णय गरेको कोषाध्यक्ष राजेन्द्र न्यौपानेले बताए ।

कार्यवाहक अध्यक्ष शोनी शर्माको अध्यक्षतामा शनिवार बसेको बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
हरेक बर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको उनले बताए ।

पौडेल नेपाल पत्रकार महासंघ कास्की शाखाको दुई कार्यकाल सचिव, एक कार्यकाल उपाध्यक्ष हुुँदै गण्डकी प्रदेशको सँस्थापक अध्यक्ष भएका थिए । पुरस्कारका लागि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले तत्काल ५ लाख रुपैयाँ नगद राख्ने र बाँकी ५ लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा, पत्रकारिता क्षेत्रलाई माया गर्ने शुभचिन्तकहरुसँग समन्वय गरेर जुटाइने कोषाध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्