| बिहिबार, मंसिर १४, २०८०

तेस्रो पालुङ्टार राष्ट्रपति रनिङशिल्डको उपाधि अमरज्योति जनता माविलाई

पालुङटारमा भएको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि अमरज्योति जनता मावि लुईटेलले उचालेको छ । ११ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित अमरज्योतिले उपाधि उचालेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी दिए ।

पालुङ्टार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र भवानी मावि ठाँटिपोखरीको सह आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको हो । पाँच स्वर्ण, एक रजत र चार कास्य सहित १० वटा पदक जित्दै जीबनज्योति मावि च्याङ्ली उपबिजेता बन्यो । तीन स्वर्ण, पाँच रजत र तीन कास्य सहित ११ पदक जित्दै जनता मावि आँपपिपल तेस्रो बन्यो ।

प्रतियोगितामा सहभागी बालकल्याण माविले तीन स्वर्ण, तीन रजत र एक कास्य जित्यो । रजगरे मावि कमलटारले तीन स्वर्ण, एक रजत र एक कास्य पदक, लक्ष्मी मावि गाइखुरले एक स्वर्ण, चार रजत, पाँच कास्य पदक जित्न सफल भयो । भबानी मावि ठाँटीपोखरीले एक स्वर्ण, दुई रजत र तीन कास्य पदमा चित्त बुझायो भने त्रिवेणी मावि सेराले स्वर्ण, रजत र कार्य एक÷एक वटा हात पा¥यो । मिरकोट मावि बड्डाँडाले एक स्वर्ण, एक रजत पायो ।

अन्नपूर्ण मावि खोप्लाङले तीन रजत र एक कास्य पदक प्राप्त गर्न सफल भयो भने अकला मावि धुवाँकोटले एक रजत र एक कास्यमा चित्त बुझायो । मदनेडाँडा माविले एक रजत र शारदा माविले एक कास्य पायो । १४ वटा विद्यालय सहभागी प्रतियोगितामा धर्मोदय माविले कुनैपनि बिधामा पदक जित्न सकेन ।

प्रतियोगितामा भलिवल, दौड, हाईजम्प, लङजम्प आदि खेलहरु समावेश गरिएको थियो । प्रतियोगितामा बिजेताहरुलाई नगर उपप्रमुख बन्दना पाण्डेले पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र बितरण गरेकी हुन् । माघ ७ गते शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्