
गोरखामा बन्द क्रसरबाट निर्माण सामग्री ढुवानी गर्ने १३ वटा टिपर प्रहरी नियन्त्रणमा
क्रसर बन्द भएका बेला ढुङ्गा गिटी बालुवा लगायतका निर्माण सामग्री ढुवानी गर्दै आएका टिपरहरु प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले १० वटा, जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले एक र नयाँसाँघु प्रहरी चौकीबाट खटिएका टोलीले दुईवटा ट्रिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
ईलाका प्रहरी कार्यालय पालुङ्टारले बा प्रदेश ०१–००३ क ५८३६, ग १ ख १७१, बा.प्रदेश–०१००३ क ५८३५, ग १ ख ८६९०, बा.प्रदेश–००३ क ५८३३, बा ५ ख ४७०१, ना ८ ख ५३९१, ग १ क ५४१७, ग १ ख ७६६६, बा.प्रदेश ०१–००४ क ०४१९ नम्बरको टिपर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिएको टिपर कारवाहीका लागि सम्बन्धित पालिकामा कारवाहीका लागि पठाइएको एसपी खनालले बताए । गृहमन्त्रालयको निर्देशनमा जिल्ला अनुगमन समितिले पुस २४ गतेदेखि गोरखामा संचालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता कुनैपनि उद्योग संचालनमा नभएको तर बन्द उद्योगबाट ढुङ्गा गिटी खरिद बिक्री भएको भेटेपछि प्रहरीले टिपर नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले कारबाहीका लागि पठाएको टिपरबाट स्थानीय तहहरुले २० देखि ४० हजारसम्म जरिवाना लिने गरेका छन् ।