| शनिबार, बैशाख ८, २०८१

गोरखामा द ओसन क्लवले यु–१३ राष्ट्रिय च्याम्पियनसिप गर्ने

द ओसन क्लवले गोरखा नगरपालिका ९ दलभन्ज्याङस्थित फुटबल मैदानमा यु–१३ राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । “गोरखाको गौरव गोरखाको शान, युवा फुटबल बिकासको अभियान“ भन्ने मुल नाराका साथ चैत्रको अन्तिम सातामा क्लबले यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको विज्ञप्ति जारी गर्दै जनाएको छ ।
क्लवले आठौ ओसन कप २०७९ यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सन्चालन गर्न लागेको क्लवका सचिव सविन खत्रीले बताए ।

यस प्रतियोगिताका लागि पहिलो चरणमा गोरखा नगरपालिका यु–१३ अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता सम्पन्न भइसकेको छ । गत कार्तिक १९ देखि पौष २ गतेसम्म साप्ताहिक रुपमा ७ हप्तामा ८ चरणका खेल सन्चालन भइसकेको उनले बताए । उनका अनुसार पहिलो चरणमा गोरखा नगरपालिका भित्रका १० विधालयहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदन र ओल्ड क्यापिटल मा वि दोस्रो चरणको लागि छनोट छनौट भएको छ ।

दोस्रो चरणको प्रतियोगितामा यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा देशभरिका एकेडेमी क्लब र विद्यालयहरु समेत गरी जम्मा १२ वटा टिम छनोट गरी आउँदो चैत्र अन्तिम हप्तामा प्रतियोगिता सन्चालन गरिने सचिव खत्रीले जानकारी दिए । उक्त प्रतियोगितामा गोरखाबाट आयोजक द ओसन क्लब लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओल्ड क्यापिटल मा वि सहित ३ टिमको जिल्लाबाट सहभागिता रहनेछ ।

बाँकी ९ टिमको लागि यसमा सहभागी हुन ईच्छुक क्लब एकेडेमी, विद्यालयहरुलाई सहभागिताको लागि आवेदन पेश गर्नु आग्रह गरिएको समेत उनले बताए । इच्छुक टिमहरुले यही माघ २५ गतेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ ।

“फुटबल सबैका लागि“ भन्ने मुल नाराका साथ क्लबले आफ्नो स्थापना साल २०७१ देखि नै जिल्ला स्तरीय अन्तरविद्यालय यू – १४ फुटबल प्रतियोगिता, ७– ए साईड खुल्ला फुटबल प्रतियोगिता, ६–ए– साईड भेट्रान्स कप प्रतियोगिता लगायत बिभिन्न समयमा बिशेष फुटबल प्रशिक्षण शिविर एवम् नियमित फुटबल प्रशिक्षण जस्ता कार्यक्रमहरु सन्चालनल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्