| मङ्लबार, अशोज १९, २०८३

गोरखाको विकासमा सबै पार्टी एकाकार हुनुपर्छ : सांसद बजगाई

गोरखा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईले जिल्लाको विकासमा सबै पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् । नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवस समारोहमा मंगलबार सम्बोधन गर्दै उनले गोरखामा विकासमा सबै एक हुनुपर्ने बताएका हुन् ।

अहिले गाउँ गाउँमा सुविधा सम्पन्न विद्यालयहरु बन्नुका साथै विकासका पूर्वाधार निरन्तर निर्माण हुने क्रममा रहेता पनि मानिसहरु गाउँ छोडेर सहरतिर बसाई सर्ने क्रम दिनहुँ बढिरहेको उनले बताए । बसाई सराई नियन्त्रण गर्नका लागि गाउँ आवश्यक विकासका पूर्वाधार निर्माण जोड दिनुपर्ने उनले बताए ।

आफुले निर्वाचनको क्रममा व्यक्त गरेको प्रतिबद्धताहरु पूरा गर्ने बताउदै केही समयअघि मात्रै जिल्लाको विकास कसरी गर्न सकिन्छ भनेर यहाँ जनप्रतिनिध र विज्ञहरुसँग छलफल गरिएको बताए ।

जिल्लाका सम्भावना र चुनौतीका बारेमा छलफल गरिएको उनको भनाइ । चुनावी अभियानको बेलामा र अहिले राजनीतिक समिकरण बदलिए पनि गोरखाका विकासमा फरक फरक पार्टी बीच मतभेद राख्न नहुने सबै एकाकार भएर लाग्नुपर्ने उनले बताए ।

साथैं कार्यक्रममा उनले नेपालका प्रमथ सहिद लखन थापा र उनका सहयोद्धा जयसिहं चुमी रानामगरको योगदानको बारेमा चर्चा गरेका थिए । तत्कालिन समयमा नेपालमा निरकुश राणा शासनको अन्त्य गर्न र लोकतन्त्र स्थापनमा गर्नमा उनीहरुको महत्वपुर्ण भूमिका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्