| शुक्रबार, बैशाख २१, २०८१

गीत गाएर नाच्दा लगाएको फुलले खेत किने !

यदु प्रसाद अधिकारी :

मानव जातिले सृष्टिूको उषाकाल देखि नै विविध किसिमबाट मनोरञ्जन गरेर आनन्द लिएको कुरा विविध विषयबाट पुष्टि हुन्छ । संसार भरका विविध भाषा बोल्ने मानिसहरुले आफनो भाषाबाट भगवान्को स्तृति गरी भजनबालन गाउदै लोकगीतको विकास गरेका थिए भन्ने बुझिन्छ । ठाउँ अनुसार भाषा फरक नै हुने नै भयो ।

त्यसैले स्तृति भजन र लोकगीत पनि फरक नै भएको बुझिन्छ । नेपाल भारत, तिब्बत, बर्मा, श्रीलङका, भुटान आदि मुलुकमा हिन्दू र बुद्ध संस्कृतिमा आधारित स्तृति र गीत गाएको प्रमाणित हुन्छ ।

इस्लाम धर्मालम्बीहरुले भने भजनबाट गाएको बताउँछन् । नेपालको तराईमा हिन्दू, मैथली, भोजपुरी आदि भाषामा स्तृति भजन र गीत गाएको सुनिन्छ । नेपालको उत्तरी क्षेत्रमा भने गुरुङ, घले, तामाङ र तिब्बतीयन भाषामा स्तृति र लोकगीत गाई नृत्य प्रस्तुत गरेको देखिन्छ ।

हामीलेतामाङ भाषा चुमनुब्री भाषा(तिब्बतीय), मनाङ्गी, किराती, राई, लिम्बु भाषामा गीत गाएर मनोरञ्जन गरेको देखेका छौ । नेपालको राजधानी काठमाण्डौ, भक्तपुर, ललितपुर, पोखरा उपत्यकामा नेवारी सस्कृतिका स्तृति गरी भजन, गीत गाएर बाजा बजाई चाडपर्व मनाइएको देखि रहेकाछौ । हाल आएर जातीय गीत र बाजाहरु नेपालका धेरै जसो जिल्लामा संरक्षण गर्न थालेको देखिन्छ । नेपालको मध्य पहाडी क्षेत्र विशेषत आर्य र मङ्गोलहरुको बसोबास रहेको ठाउँ हो ।

मंगोलहरुले आ(आफ्नो भाषामा गीत गाई नृत्य प्रस्तुत गरी स्तृति गरेको देखिन्छ । पहाडमा ब्राह्मण क्षेत्री महिलाहरुले परम्परा देखि ने भगवानको भजन गाउँथे । पुराना महाभारतका विषयलाई समेटेर मनोरञ्जन गरेको प्रमाणित हुन्छ ।
महिलाहरुले तीज र रत्यौलीमा दुख र सुखका मनोरन्जनत्मक गीतहरु गउदथे ।

मेलापाता जाँदा एकल र सामुहिक रुपमा भने कर्म गीत पनि आउने गर्दथ्ये । आदिवासी, दलित महिलाहरुले भने जात्रा पर्वमा गएर दोहोरी गीत गाएर मनोरञ्जन गर्दथ्ये । ब्रह्यामण क्षेत्री महिलाहरुलाई भने बजारमा रात बसेर दोहोर गीत गाएर नृत्य प्रस्तुत गर्न समाजले छुट दिएको थिएन ।

मेलापाता जादाँ गोठालो जाँदा श्रम गर्न जाँदा भने गीत गाउने छुट थियो । पहिलो, दोस्रो युद्ध पछि समाज सचेत हुदै गयो । लाहुरेहरुले रेडिया, क्यासेट गाउँमा ल्याएर बजाउन थाले । लाहुरेहरुर्ला समाजले सम्मान पनि गर्दथ्यो ।
नेपालमा लोकगीतको विकासको लागि नेपाली सेना, भारतीय र बेलायती सेनामा जागिर खाने लाहुरेहरुले नै लोक गीत सुरु गरेको पुष्टि हुन्छ । गीत गाउन निपूर्ण नरनारीहरुले गाएको गीतलाई गाउँघरमा प्रचार गर्न थालियो ।

रेडियो नेपालको स्थापना भएपछि लोकगीतको प्रचार हुन थाल्यो । नेपालका जात्रा र पर्वहरुमा दोहोरी गीत गाएर हारजित हुन थाल्यो । दोहोरी गीत गाएर घरजम बसालेको पनि सुनिएको छ । गोरखा जिल्लाको लापुबेसीमा लोक दोहोरीमा महिलाले जिते पछि बस्ती बसालेको बताइन्छन् । आज भन्दा दुई तीन सय वर्ष पहिलो बस्ती बसालेको कुरा लापुका प्रधानपञ्च कमानसिं गुरुङले र टेकबहादुर गुरुङले बताए ।

हाल नेपालमा दोहोरी गीत लोकप्रिय छ । राज महेन्द्रको राज्यभिषेकमा गोरखाका महिला र पुरुषहरुले कहिलेको झरी र कहिलेको बादल गीत गएर पुरस्कृत भई राजासँग चिनमा गएर पुरस्कार लिएको कुरा गोरखाली गायिका पौ कुमारीले बताइन् । पन्चायत काल बहुदल कालमा स्थानीय तह र सदरमुकाममा लोक नृत्यु प्रतियोगिता चलेको कुरा मोहनलाल श्रेष्ठ बताउँछन् ।
यस्तो प्रतियोगिता राजाको जन्मोत्सव र प्रजातन्त्र दिवसमा गरिने गरिन्थ्यो । धेरै जसो लोकगायक प्रतिभाहरुको मृत्यु भइसकेको छ । कसैको तथ्यांक राखिएको छैन । हाल आएर केही प्रतिभाहरुको नामलेखिए पनि तिनीहरुलाई सम्बन्धित निकाले चासो दिएको छैन ।

गोरखा जिल्लाको साविक आरु पोखरी सादोबाटे घर भएकीसामान्य गरिब, दलित, परिवारमा विवाह भएकी विष्णु कुमारी परियार गोरखा जिल्लाको उत्कृष्ट लोक गायिका र नर्तकी हुन् । उनले पन्ध वर्ष देखि गाउघरको पुजा, जात्रा, पर्व र रोपाइ जात्रा आदिमा गीत गाएर नृत्य प्रस्तुत गरेकी थिइन् । बयासी वर्षकी परियाले आरु पोखरीको शैक्षिक, लोकसंस्कृति, पर्यटन र धार्मिक क्षेत्रमा अमृल्य योगदान पु¥याएकी थिइन् भनी गगन गुरुङले बताए । यिनले शीतला माईको सम्बन्ध महाभारतमा थियो भनेर पुष्टि गरेकी छिन् ।

आरु दरबार माइला साहेबको दरबार हो । २०२४ साल सम्म रहेको यो दरबार हाल विद्यालयको रुपमा परिणत भएको छ । परियारले त्यहाँको विविध विषयलाई लोक भाका र नृत्यमा कलात्मक ढंगले प्रस्तुत गरेको कुरा अधिकारीले सात वर्ष अगाडि देखि बताउदै आएका थिए ।

सबैले यिनको कला, गला र नृत्यलाई अवलोकन र मनोरञ्जन लिन चाहन्थे । यिनीसँग दोहोरी गाउने गायक धादिङ मार्पाका सीताराम अधिकारी रहेछन् । अधिकारी र यिनको बिचमा रोचक ढंगले घण्टौ र दिनौ सम्म पनि दोहोरी चल्दो रहेछ । दुवै विविध विषयबस्तु प्रस्तुत गर्न निपूर्ण रहेछन सो कुरा परियारले बताइन् । आफनो श्रीमानलाइ सीतारामले मीत भन्ने गरेका थिए भनेर उनले गगन होटलमा बार्तालापको सिलसिलामा बताइन् ।

हरेक ठाउँमा श्रीमानसँगै जान्थे, गीत सुन्थे, नृत्य हेर्थे, गीत प्रस्तुत गर्दा रावणले सीतालाई ह¥यो । भगवान् रामलाई साहै पिर प¥यो भनेर गीत गाउँदा श्रीमानले आँखाबाट भलभल आँसु झारेको देखेकी थिएँ भनेर बताइन् ।

कुराकानीको सिलसिलामा आफनो नागरिकता र लालपुर्जा छ, प्रतिभा भएर पनि आफनो प्रतिभा देखाउन नपाएकोमा हाल उनी खिन्न भएको देखियो । छोरीको घर पोखरामा छ, म त्यहाँ पनि बस्छु, गोरखामा घर पनि छ, म भत्ता लिन आउछु भनेर बताइन् । मैले गाएको गीत सुन्दा स्रोता र दर्शक आनन्दित हुन्थ्ये ।

समाजले ताली पिट्थ्यो । शीरमा फूल माला लगाइदिन्थ्ये । पूmलमाला लगाउन होडबाजी चल्थ्यो । म खुसी हुदै गीत गाउथ्ये, नृत्य प्रस्तुत गथ्र्ये । मेरा दोहोरी गायक पुरुष सीताराम मख्ख पर्दै रसिलो पाराले गीतको उत्तर दिन्थ्ये । उनी धेरै प्रतिभा भएका व्यक्ति हुन् । हामीहरु गीत गाउदै धादिङको सदरमुकाम धादिङबेसी र गोरखाको सदरमुकामको पोखरीथोकमा गयौँ । पुरस्कार समेत जित्न सफल भयौँ । एक पटक पोखरामा दोहोरी गाउन गयौँ ।

गीतका साथी गोरखाका वकिल थिए । गीतको भाका थियो ढाका टोपी चाँचरी, अनि बाबरी फुलको बोट भन्ने थियो । मनाङ्गीले गीतमा मेरो घर कहाँ हो भनेर सोधे उत्तर दिन नसक्दा दोस्रा भयौँ भनेर बताइन् । डाँफे क्लवले मासिक १५ हजार दिन्छु गीत गाऊ, रेडियो नेपालमा जाऊ भनेको थियो । घरायासी समस्याले छोरीले नजाऊ भनेर जान पाइन् भनी दुखेसो पोखिन् । धादिङ र गोरखाका हरेक ठाउँमा गएर २२ दिन सम्म गीत गायौँ । फिनामका बुद्धिबहादुर बानियाँले फुल लगाइदिए । त्यस्तै गरी गोरखाका मोहनलाल श्रेष्ठले सम्मान पनि गरेका थिए ।

अड्डाका हाकिम र कर्मचारीले गीत हेर्दै मनोरञ्जन लिएको बेलामा थिरभक्त श्रेष्ठलाई गीत र नृत्य सारै मन परेछ, उनले एक बोत्तल रम किनेर खान दिए । म त रम लाएर लठेछु भनेर बताइन् । फुल लगाउनका लागि होडबाजी नै चल्थ्यो । मेरो गीत भन्दा पनि नृत्य राम्रो छ भनेर दर्शकले प्रशंसा गरेको सुनिन्थ्यो ।

काँठे भाका, झाउरे गीत, सोरठी भाका, भक्ति र सम्बन्धी गीत गाएर दोहोरी खेल्थ्यौँ । दोहोरी गायक धादिङ मार्पाका सीतारामको भने मृत्यु भएकोमा धेरै दुख प्रकट गरिन् । धादिङका राष्टिूय पन्चायतका सदस्य मिस्टर हरिबहादुर थापाले सम्मान गरेको कुरा पनि बारम्बार दोहो¥याइन् । श्रीमानले गीत गाउदा साथैमा बस्दा कुनैं अप्ठारो हुदैनथ्यो । श्रीमानले गीत र नृत्य प्रस्तुत गर्न प्रोत्साहन गर्दथ्ये । चार छोरी र तीन छोराकी धनी विष्णु माया परियारले आफना विगतका दिनहरुलाई गीतको माध्यमबाट धेरै सम्झिन ।
मनाङ्गी चाँचरी चिनेको छैनर
नेपाल भन्दा गोरखा पुरानो होइनर
रेललाई चलाउने साँचो,
नङ काटी नैना, गोरखाली बैना
कता सवार भयो,
फेरि पनि उही कुरा भन्छ, जोबासाले
गौँथलीले गुड लाग्यो बाटैमा,
गोरखाली दिदीको अरुमा आँखा छ नजरमा
हुक्का मेरो डल्लेडल्ले, ठुटाको च्याउले
कस्ले कल्लाइ बोला होला,
अरुले के भनी बोलायो माया तिमीलाई
जस्ता गीत गाएको थिए भनेर बताइन् । खान लाउन दुख भएको हुनाले मेरा शुभेच्छुकहरुले लगाइदिएको पैसा जम्मा गरेर चालीस हजारमा आरुपोखरीमा खेत किने । त्यो खेत हाल सम्म मेरो नाममा नै छ। जेष्ठ नागरिक भत्ता लिन आउँछु ।

आरुपोखरीमा बस्छु, भनेर आफनो प्रतिभालाई छोटो समयमा गगन अधिकराीको समन्वयमा बताउने काम गरिन् ।
गोरखा जिल्लाका हरेक गाउँपालिकाले लोक साहित्यका धनीलाई खोजी खोजी सम्मान गर्न सक्नुपर्दछ । आरुपोखरी र गोरखाकी उत्कृष्ट प्रतिभा लोकसाहित्यकी धनी विष्णुमाया परियार जस्तालाई आरुघाट गाउँपालिकाले सम्मान गरेर उनी जीवित छदैँ उनको लोक साहित्यिक प्रतिभालाई संरक्षण गर्न सकेमा पछिल्ला दिनमा अध्ययन र अनुसन्धान गर्नेलाई उपयोगी हुने थियो ।

प्रतिक्रिया दिनुहोस्