| बिहिबार, मंसिर १४, २०८०

छेवेटारमा १६ वर्षमुनिको युनिटि लिग फुटवल प्रतियोगिता शुरु

गोरखा नगरपालिका–१० छेवेटारमा १६ वर्षमुनिको युनिटि लिग फुटवल प्रतियोगिता सुरु भएको छ । हिल्ली फिल्डर्स गोरखा एफसि, हरमटारी क्लव, सुर्योदय युवा परिवार र अल स्टार क्लवको सयुक्त आयोजना शनिवारबाट प्रतियोगिता शुरु भएको हो ।

शनिबार सुर्योदय युवा परिवार र हरमटारी क्लवबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । दुवै टिमले तीन÷तीन गोल गरेका थिए । दोस्रो खेलमा अल स्टार क्लब बिजयी बनेको छ । हिल्लि फिल्डर्स गोरखा एफसीलाई ८–० को फराकिलो अन्तरले पछि पार्दै अल स्टार बिजयी बनेको हो । प्रतियोगिता अन्तरगत प्रत्येक शनिबारमात्र खेल संचालन हुने आयोजकले जनाएको छ ।

आगामी शनिवार आबुखैरेनीको रबर उद्योग खेलमैदानमा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको तेस्रो खेलमा हरमटारी क्लव र अल स्टार बीच हुनेछ भने चौथौ खेल सुर्योदय युवा परिवार र हिल्लि फिल्र्डस गोरखा एफसि बीच प्रतिस्पर्धा हुनेछ । आठ हप्तासम्म संचालन हुने उक्त प्रतियोगिता प्रथम हुने टिमलाई २० हजार सहित ट्रफि, मेडल र प्रमाण प्रदान गरिने आयोजकको भनाइ छ ।

शनिबार सुरु भएको प्रतियोगिताको गोरखा नगरपालिका वडा नं १० का अध्यक्ष प्रदिप कुँवरले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन ओसन स्पोर्टस एण्ड ईभेण्ड म्यानेजमेण्टले गर्ने जनाएको छ । प्रतियोगिताका खेलहरु छेवेटार खेलकुद मैदान, हरमटारी खेलकुद मैदान र रबर उद्योग खेल मैदानमा संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्