
हजार रुपैयाबाट करोडौको मालिक
धर्ती माताले समय समयमा विभिन्न किसिमका प्राणीहरुलाई जन्म दिइरहेकी हुन्छीन । धर्तीका प्राणीहरु मध्य मानव जाति अग्रपङितमा पर्दछ । मावन जातिले शिकारी युग, ढुङ्गे युग र पशुपालन र कृषि युगबाट ज्ञान आर्जन गरी औद्यौगिक विकासलाई अगाडि बढायो । रोग र महामारीबाट बच्न विभिन्न सचेतमुलक कार्यक्रमहरु र आयुर्वेदिक औषधीहरु प्रयोग ग¥यो । आज सन्सारमा मानव जातिले धेरै विकास गरेको छ ।
ती विकासबाट सन्सारी सुखभोग लिइ आपूmलाई सम्पन्न बनाएको छ । सन्सारका कुनाकाप्चामा विचरण गरी आमोद प्रमोदको आदान प्रदान गरेको छ । सन्सारका उत्कृष्ट मुलुकहरु मध्ये धार्मिक, प्राकृतिक, ऐतिहासिक, पर्यटकीय गणनामा नेपाल पनि पर्दछ । नेपालका ऐतिहासिक धरोहर ७७ जिल्ला मध्ये गोरखा जिल्ला विश्वमा गुरखा नामले सुपरिचित छ । विश्वले नेपाललाई गोरखाको नामबाट सम्मान गर्दछ । गोरखाली धर्तीमाताले पनि युद्धवीर, कलमवीर, सुरवीर, पराक्रमी र उद्योग व्यवसायीलाई जन्मदिइरहेकी छिन्। त्यस्ता उल्लेख्यिे व्यक्तिहरुको तथ्यांक राख्न सकेको छैन ।
यस जिल्लामा कृषि, उद्योग, पशुपालन, तरकारी, फलफुल, कुखुरा पालन र खेती गरी ख्याति कमाउनेहरुको तथ्यागत प्रमाण कतै पनि उपलब्ध छैन । त्यस्तै गरी उद्योग र बन्द व्यापार, व्यवसायीहरुको पनि प्रमाण भेटिन्दैन । हाम्रो पुर्खाहरुले जीविकोपार्जनको लागि व्यवसाय गरेका थिए । आर्थिक रुपमाले सम्पन्न हुनु भन्दा पनि जीविका चलाउनु मुख्य ध्येय थियो भने केही सेवामूलक पनि थियो । वीसौ शताब्दी पछि युवाहरु विदेशीने क्रम धेरै बढेको देखियो । कतिपयले त विदेशमा सिकेर ज्ञान, सीपलाई मनन गरी स्वदेशमा फर्किएर व्यवसाय गरी अर्थ आर्जन गरी ख्याति समेत कमाएका छन् ।
त्यस्ता समाचारहरु पत्रपत्रिबाट पढ्न र सन्चारका माध्यमबाट सुन्न पाइन्छ । स्वदेशमा जन्मी विभिन्न ठाउको अवलोकन, व्यवसायको परीक्षण गर्दै धेरैले उद्योग, व्यवसाय कृषि, पशुपालन, फलपूmल खेती गरेका छन् । कतिपयले तालिमबाट सिप सिकी पुस्तक पढी आफुले नयाँ सोच र ढंगबाट व्यवसाय गरी समाजमा प्रतिष्ठान कमाएका छन् भने कुनै कुनै संस्थाले सम्मान गरेको पनि देखिन्छ ।
त्यस्ता व्यवसाय गरी आर्थिक उन्नति गर्ने दूरदराजका जनमानसहरुको संख्या धेरै नै छ होला । यस जिल्लामा नर्सरी फलफुल तरकारी खेती माछापालन, पशुपालन, कुखुरापालन, बगुर सुगुर पालन, भेडाबाख्रा, चौरीपालनका साथै उद्योग व्यापार र होटल व्यवसाय गर्नेहरुको संख्या धेरै नै छ । हाल यस जिल्लामा पर्यटकीय क्षेत्रमा लागी राम्रो आम्दानी र प्रतिष्ठा कमाउनेहरु पनि कम छैनन् । यस जिल्लामा हाल सम्म व्यवसाय गरी आर्थिक उन्नति गरेका व्यक्तिहरुको संख्या उल्लेख गरिएको छ । कतिपयलाई सम्पर्कको कारणले समेट्न सकिएको छैन ।
कतिपयले ऋणकाढेर व्यवसाय गरे पनि जनमानसले उहाँहरुलाई सफल नै देखेका छन् । त्यस्ता व्यवसायहरुमा राजेन्द्र पन्तले उत्कृष्ट गाइफाराम चलाएका छन् । जीवन ढकालले माछाकुखुरा, फलपूmल खेती गरी होमस्टे चलाएका छन् । अन्य व्यवासयहरुमा सीताराम नेपाली, रमेश थापा, राजन भट्ट, कुमार गुरुङ, निर्मल श्रेष्ठ, राम बस्नेत, डिल बहादुर थापा, दिपक खड्का, मनोज खड्का, झलक बहादुर थापा, चन्द्रसिं बस्नेत, कल्याण केसी, शैलेन्द्र बस्नेत, राजु गुरुङ, विदुर बानियाँ, सुरेन्द्र कुँवर, चन्दन खत्री, निती निमिल्सिना, अर्जुन राना, जीतबहादुर भट्ट, कृष्ण लामिछाने, जीत बहादुर गुरुङ, इन्सान थापा मगर, श्याम पाण्डे, ईश्वर पाण्डे, थिरभक्त श्रेष्ठ, दीपक पाण्डे, धन बहादुर गुरुङ, हरिकृष्ण घिमिरे, सनिल बूढाथोकी, तरी बहादुर कुमाल, रामहरि खत्री, ज्ञानप्रसाद ढकाल, सोमबहादुर गुरुङ(ड्रागन खेती ), रामबहादुर थापा, बाबुराम थापा, तेजबहादुर थापा उत्तम अधिकारी, पदम बराम, ईश्वर काजी मास्के, कर्ण गुरुङ, सुकु थापा, धर्मबहादुर बल्छौडी, सरुना पोखरेल, निरज अर्याल, नवराज बस्नेत, सविन खत्री, एकराज राई, कृष्ण खत्री, शिवराम बस्नेत, सुनार गुरुङ, शिव देवकोटा, भरत गुरुङ, काजीबाबु घिमिरे, चन्द्रसिं बस्नेत, चन्दन खत्री, कल्याण केसी, लाक्पा डुडुप लामा, रमेश थापा, सर्मिला बूढाथोकी, इमानसिं बस्नेत, राजकुमार श्रेष्ठ, चूणामणि ढकाल,सरोज कट्टेल, कमला दवाडी, योगेन्द्र गुरुङ आदि र दूरदराजका धेरै गोरखाली उद्योग व्यवासयीहरु छन् होला ।
कतिपय दूर दराजमा भेडापालन गाइभैंसी पालन, चौरी पालन गर्नेहरुको नाम उल्लेख गर्न सकिएको छैन । गोरखाको व्यवासायीहरु मध्ये गोरखा जिल्लाको सामान्य मगर परिवार टक्सारमा जन्मी विद्यालय शिक्षाबाट दीक्षित कर्मयोगी व्यापारी युवा व्यवसायी मध्ये अग्रपत्त्मिा राजकुमार पुलामी मगर पर्दछन् । यिनले विविध पेशा गरी आज आफूलाई सम्पन्न बनाएका छन् । सानै उमेरमा दुख पाई अरुले व्यवसाय गरेको देखेर कान्छी आमासँग एक हजार रुपैया मागेर पैसा जम्मा गरी व्यवसया सुरु गरेका रहेछन्् ।
आमाको सुन र चाँदीको गरगहना धितो राखेर व्यवसया गर्दा घाटा परी व्याज तिर्न नसकेर ती गहना साहुलाई नै बेचि दिएका रहेछन् । व्यवसाय गर्ने क्रममा यिनले गोरखा बसपार्कमा फोटो स्डुडियो चलाए छन् । त्यहाबाट मोबाइल सेट धेरै चोरी भएर पनि यिनले हरेस खाएनछन् । सुनगाभा फोटो स्डुडियोबाट अगाडि बढ्दे यिनले कुखुरा पालन गर्दै आम्दानी गरेर हाल सिनेटरी सप्लायर्स बनाएका छन् ।
हरमटारी सेनेटरी सप्लार्यस निकै आकर्षक देखिन्छ । सयवटा बगुर पालेर व्यवसायमा सफल मगरको मन पनि कमलो नै देखिन्छ । साथीभाइ र पाहुनालाई चिया र चिसोले सम्मान गर्न पछि परेको देख्दिेन । यिनले गरिब गुरुवालाई सहयोग गरेको देखिन्छ । आफुभन्दा श्रीमती सावित्रा पुलामी मगरलाई राजनीतिमा अगाडि बढाएको देखिन्छ । हाल उनी निकै सन्तृष्ट देखिन्छन् । स्वदेशमा नै कर्म गरेर व्यवसाय चलाएमा सफल भइन्छ भने उदाहरण देखाएका छन् ।
यस जिल्लामा विदेशबाट सीप सिकेर आइ व्यवसाय गर्ने र सो जिल्लामा नै बसी व्यवसाय गर्नेहरुलाई विज्ञ समूहले बेलाबेलामा सचेतना कार्यक्रम गरी उनीहरु बीचको ज्ञान र सीपलाई आदान प्रदान गर्न सकेमा अझ व्यवसाय सफल हुने थियो ।