
यु–१६ युनिटी लिगः हिल्ली फिल्डर्स र अल स्टारको जित
यहाँ जारी यु–१६ युनिटी लिगको पाँचौ चरणतर्फ हिल्ली फिल्डर्स गोरखा फुटबल क्लब र अल स्टार फुटबल क्लब विजयी भएका छन् । हरमटारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा हिल्ली फिल्डर्सले सुर्योदय युवा परिवारलाई २–१ ले हरायो ।
हिल्ली फिल्डर्सका लागि खेलका दुवै गोल कुशल केसीले गरे । उनले खेलको पाँचौं र १२औं मिनटमा गरी दुई निर्णायक गोल गरे । उता पराजित सुर्योदयका लागि नवौं मिनटमा सौगातम बरामले एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा अल स्टारले घरेलु टोली हरमटारी क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । अल स्टारका लागि विशेष थापा मगरले खेलको १२ र १४औं मिनटमा दुवै गोल गरे ।
हिल्ली फिल्डर्स गोरखा एफसी, हरमटारी क्लब, सुर्योदय युवा परिवार र अल स्टार एफसीको संयुक्त आयोजना र सहभागिता जारी प्रतियोगित आठ सातासम्म चल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार पाउने खेल संयोजक अमित खत्रीले जानकारी दिए ।