| बुधबार, अशोज १७, २०८०

सिरानचोक पालिकास्तरीय भलिबल प्रतियोगितामा परोपकार आर्दश मावि पहिलो

सिरानचोक गाउँपालिकास्तरीय मावि भलिबल प्रतियोगितामा वडा नं. ८ जौवारीको परोपकार आदर्श मावि पहिलो भएको छ । जुनियर रेडक्रस सर्कल(जुरेस)÷युवा रेडक्रस सर्कलले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वडा नं ६ सन्सारी महेन्द्र मावि नयाँसाँघुमा आयोजना गरेकोे पालिकाको माविस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा परोपकार आर्दश मावि पहिलो भएको हो ।

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा वडा नं ८ चिप्लेटीस्थित जनज्योति मावि दोस्रो र वडा नं ४ चोरकाटेस्थित धर्मवती मावि तेस्रो भएको जुरेस र युरेसका शिक्षक नायक खिला शर्मा भट्टले बताए ।

प्रतियोगितामा १९ र २० गते संचालन भएको थियो । १४ वटा विद्यालयका शिक्षकहरु सहभागिता रहेको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको उनले जानकारी दिए ।

युवा रेडक्रस सर्कल(युरेस)का अध्यक्ष सविना अधिकारीको अध्यक्षतामा दुइ दिनसम्म संचालन भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटा, नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति यदुविलास भट्टराइ, गाउँकार्यपालिका सदस्य तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रबाबु ढकाल, सन्सारी महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबाबु श्रेष्ठ, आहाल भज्याङ माविका प्रधानाध्यापक प्रअ केशरसिंह बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्