| बुधबार, अशोज १७, २०८०

नेपाली राजनीति र साहित्यका विभूति विश्वेश्वरप्रसाद कोइराला

धर्तीमाताले समय समयमा युग पुरुषहरुलाई जन्म दिइरहेकी हुन्छिन् । कुनै समयमा युद्धबीर कुनै समयमा कलमबीर र कुनै समयमा धार्मिक बीरलाई पनि जन्म दिइरहेको उदाहरणपाइन्छ । नेपाल माताले पनि धर्तीको उन्नति र प्रगतिको लागि सयौँ वीर सपुतहरुलाई जन्म दिइरहेकी छिन् । नेपालका राजनीतिक साहित्यक वीर पुरुष मध्ये विश्वेश्वरप्रसाद कोइराला पनि एक हुन् । उनले विशेषत नेपाली राजनीति र साहित्यमा युगान्तकारी परिवर्तन गरी आजीवन नेतृत्व गरेका थिए ।

नेपाली राजनीति र साहित्यका विभूति कोइरालाको एक सय १० औँ जन्मजयन्ती नेपाली काँग्रेसले ७७ जिल्लामा मनाएको देखियो । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बी पी सम्बन्धी तीन दिने विविध कार्यक्रम गरिहेको छ । गोरखा जिल्लाले पनि वी पीको बहुआयामिक व्यक्तित्वको बारेमा कार्यक्रम सम्पन्न गरेको छ । आफना तीता मीठा कुराहरु छोडेर पार्टीले गरेका राम्रा कामहरु पनि कार्यकर्ताले जनताहरु सामु नपु¥याएकोमा चिन्ता समेत व्यक्त गरेको पाइयो ।

युवाहरुलाई रोजगारमा जोड दिएर स्वदेशमा नै राख्ने वातावरण पार्टी र सरकारले गर्नुपर्दछ भन्ने सुझाव समेत दिएका थिए । कार्यक्रममा वी पीको बारेमा सहसचिव लुमनाथ लामिछानेले राम्रो प्रस्तुतीकरण गरेका थिए । सभापति नन्दप्रसाद न्यौपानेले विषय प्रवेश गराउदै वी पीको विचार आज पनि सान्र्दभिक छ । अहिले उद्योग चलाएर जनताको जीवनस्तर उकास्नुपर्छ भन्ने सन्देश दिए ।

विश्वेश्वरप्रसाद कोइरालाको राजनीति :

विश्वेश्वरप्रसाद कोइरालाको जन्म मोरङको विराटनगर(भारतको बनारसमा)मा १९७१ साल भाद्र २४ गते भएको थियो । विराटनगरमा तीन कक्षा पढेपछि बनारस गई उनले सत्य हरिश्चन्द्र हाइस्कुलबाट मेट्रिक पास गरेका थिए ।
१९९१ मा बनारस हिन्दु विश्वविद्यालयबाट वि.ए. र कलकत्ता विश्वविद्यालयबाट ०९३ मा वि एल पास गरेर उनले दार्जेलिङमा उकालत गरी टियूसन समेत पढाएका थिए ।

उनी महात्मा गान्धी र अब्राह्यम लिङकनबाट प्रभावित भई भारतीय स्वतन्त्रता सग्राहममा सम्मिलित भएका थिए । सन १९४२ मा भारतीय समाजवादी पार्टीको सदस्यता बने, दोस्रो पटक पुन ः १९४४ मा पक्राउ परी तीन महिना जेल समेत बसेका थिए । ब्रिटेन सरकारको दबाबमा दोस्रो विश्वयुद्धको समयमा यिनी दुई वर्ष सैनिक समेतभएका थिए ।

१९४७ मा भारतमा आन्दोलन सफल भएपछि नेपालमा पनि राणाशासनको विरुद्धमा आन्दोलन गरी प्रजातन्त्र स्थापना गर्नका लागि अगाडि बढ्ने निधो गरे । २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरी यिनी कार्यवाहक सभापति भएका थिए । २००४ सालमा विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गरी २१ दिन हिरासतमा बसेका थिए । भद्र अवज्ञा आन्दोलनबाट मुक्त भई भारतमा गई राणा विरोधी आन्दोलन अगाढि बढाए ।२००५ सालमा मुक्ति सेनाले अभियान सुरु गयो । २००६ सालमा नेपाली काँग्रसेको स्थापना गरे ।

त्यस पछि यिनले युगवाणी पत्रिकामा हाम्रो ध्येय र हाम्रो साधन भनेर दुई वटा लेख छपाइ बालिक मताधिकारको बारेमा जोड दिएका छन् । २००७सालमा प्रजातन्त्र आएपछि उनी २००८ सालमा गृहमन्त्री भए । यिनी २०१०÷०१२को महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादलाई पारित गराएका थिए ।

२०१४ सालमा भएको काँग्रेसको महाधिवेसनबाट सभापति बनेका थिए । यिनी मृत्यु पर्यन्त सम्म पनि सभापति नै थिए । २०१४ सालमा सत्याहग्रह गरी २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई अर्थात ७४ सिट ल्याई उनी प्रथम जननिर्वाचित २२ औ प्रधानमन्त्री भएका थिए । त्यस समयमा डडेल्धुराबाट द्वारिका देवी ठकुरानीलाई मन्दिर समेत बनाएका थिए । नेपाली काँग्रेसले राष्ट्रियता प्रजातन्त्र र समाजवादलाई सदैब आफनो मुल मन्त्र नारा बनाएको छ ।

यिनले भूमि सुधार र मोहियानी हकको व्यवस्था गर्न लागेका थिए । १८ महिना २०१७ पुर्षं १ गते राजाले संसद विघटन गरेर यिनलाई सुन्दरी जलमा आठ वर्ष सम्म जेलको सजाए तोके । २०२५ साल कार्तिक १४ गते रिहा भएर बनारासमा गए ।
२०२९ सालमा प्रजातन्त्र स्थापनाको लागि हवाइजहाज अपहरण गरे । यिनलाई अराष्ट्रिय तत्व भनी सरकारले आरोप लगायो ।

२०३२÷०३३ सालमा गाउँ फर्क राष्ट्रिय अभियान सदस्यहरुले यिनलाई मृत्युदण्ड दिने हस्ताक्षरको अभियान चलाए । राष्ट्रिय पञ्चायतका सदस्य र राजाले स्वकुरा मानेनन् । २०३३ साल पुष १६ गते राष्ट्रिय मेलमिलाप नीति लिएर यिनी राष्ट्रियता खतरा छ भनेर नेपालमा आए । २०३४ सालमा यिनले सबै मुद्धा जिते ।

२०३६ सालको जनमत संग्रहलाई स्विकारे । २०३९ साल श्रावण ६ गते यिनी सदाकोलागि यस धर्तीबाट विदा भएता पनि नेपालको राजनीति यिनको प्रजातान्त्रिक समाजवाद अनुसार हाल अगाडि बढेको देखिन्छ । यिनले आफूलाई राजनीतिमा समाजवादी हुँ राष्ट्रियताको सवालमा राजाको घाँटी माथि मेरो घाँटी रहन्छ भनेर भनेका छन् । यिनको नाममा सरकारले विभिन्न ट्रष्ट, अस्पताल आदि स्थापना गरेको छ ।

सहित्य : विद्यालयमा पढ्दा आफनो पिताले पत्रिका पढेको देखेपछि उनी प्रभावित भए । आफना गुरु ब्दिबेदीबाट प्रभावित भई १८८७ मा उहाँ कथा प्रकाशित गरी अगाडि बढेका थिए । नेपालीमा भने उनले १९९२ मा हिन्दीमा चन्द्रबदन कथा प्रकाशित गरीनेपाली साहित्यमा अथाडि बढेका हुन् । उनका कथा, उपन्यास, कविता, डेली डायरी आदि नेपाली साहित्यिक क्षेत्रमा उच्च स्थानमा रहेका छन् ।

हिन्दी, नेपाली र अग्रेजी भाषाका ज्ञाता कोइरालाले आफुलाई साहित्यमा अराजकतावादी भनेर चिनाएका छन् । उनका कथा र उपन्यास उच्चकोटीका छन् । त्यसले उनलाई आख्यानकार भनेर चिनिन्छ । उनका २६ वटा कथाहरु प्रकाशित छन् । कथाका कृतिहरुमा दोषी चस्मा २००६, स्वेत भैरबी २०३८ प्रकाशित छन्। उनका कथाहरु हरि प्रसाद शर्माले सम्पादन गरी प्रकाशित गरी विश्वेश्वर प्रसाद कोइराला संग्रह भनेर २०३२ सालमा प्रकाशित भइसकेका छन् ।

कोइरालाका उपन्यासहरुमा तीन घुम्ती २०२५, नरेन्द्र दाई २०२७, सुम्निमा २०२७, मोदि आइन २०३६, हिटलर र यहुदी २०४०, बाउआमा र छोरा २०४५, आत्माकथा २०४०, जेल जर्नल २०५४, आत्माकथा २०५५ र कवितामा विश्वेश्वर प्रसाद कोइरालाका कविता संग्रह २०५० प्रकाशित छन् ।

नेपाली आख्यान क्षेत्रमा सामाजिक यर्थातवादी धाराको अन्त्य गर्दै यिनले पाश्चात्य जगतमा चलेको मनोविज्ञान एवं यौन मनोविज्ञान धारालाई नेपाली साहित्यमा भित्र्याई आजीवन नेतृत्व गरेका थिए । यिनी फ्रायड, गोर्की आदिबाट प्रभावित थिए । यिनका कथा र उपन्यासहरुमा निम्न प्रवृतिहरु छन् भने प्रध्यापक राजेन्द्र सुवेदीले उल्लेख गरेका छन् ।

–मनोवैज्ञानिक यर्थाथवादी प्रवृति : चेतन, अचेतन, अवचेतन मनको विश्लेषण
– मानवीय व्यक्तित्व संरचनामा जोड
– मानवीय संवेगको खोजी
– मनौवैज्ञानिक चरित्र, चिक्रण
– साँस्कृतिक सापेक्षतावादको प्रयोग
– नेपाली संस्कृति र पात्रको प्रयोग
– कथात्मक संरचना र कलामूल्यगत मूल्यबीच सम्बन्ध
– दृष्टिबिन्दुगत प्रवृति
– मनोविकृतिगत नारी पात्रको मानसिक अन्वषेशणको खोजी
– परिवेशगत विविधता : शैली, बौदिक, तार्किक, विश्लेषत्मक छ ।

– यिनका उपन्यासहरुको अनुशरण गर्दै गोविन्द गोठालले, विजय मल्ल, पोषण पाण्डे, देवकुमारी थापा आदिले साहित्य सिर्जना गरेका छन् । यिनी विसंगतिवादी, अस्थित्ववादी, मनोवैज्ञानिक उपन्यासकार हुन् । यिनले मिथकीय पुनसिर्जनामा जोड दिएका छन् । मौलिक रुपमा दार्शनिकताको प्रयोग गरेका छन् । युद्धप्रति घृणा गर्दै मानतावादलाई समर्थन गरेका छन् । मूलत मौलिक विचार र द्धन्द्धको प्रस्तुतिमा सफल भएका छन् ।

मानव नियति प्रति विश्वास राखेका छन । प्रेम र यौनका विषयमा नयाँ दृष्टिकोण राखेका छन् । सजातीय संस्कृति प्रति अपकर्षण र विजातीय संस्कृति प्रति मोह र सन्तुलित चाहाना राखेका छन् । आर्य संस्कृतिको स्खलन र किरात संस्कृतिसँग सम्मिलन गराएका छन् । आत्मिक प्रेमको आग्रह गरेका छन् । मानवतावादको प्रबल समर्थक छन् । अनौतिक सहसम्बन्ध र चारित्रीक अन्यन्त्रण भित्र रहेको पात्रहरुको प्रयोगगत नारी संवेदनशीलताको पक्षमा जोड दिएका छन्। नारीहरुको खण्डित अवस्थाको चितरण गरेका छन् ।

नेपाली राजनीतिक र साहित्यका शीर्ष महापुरुष कोइरालाको आख्यानको क्षेत्रमा विद्यावारिधि गर्नेहरु १९ जना भन्दा बढी रहेका देखिन्छन् । कोइरालाले साहित्यमा आजीवन नेतृत्व गरे भने राजनीतिमा २००७ सालबाट २०१७ साल सम्म उच्च स्थानमा रहे । २०१७ साल पछि पनि उनको विचार कहिले मरेन । २०३६ साल, २०४६ साल, २०६२ सालमा पनि यिनको विचारले उच्च स्थान लिएको देखिन्छ ।

राष्ट्रिय मेलमिलापको नीति नेपालले जनता र हरेक पार्टीहरुमा आवश्यकता छ भन्ने देखिन्छ । आफनो अस्तित्व मेटाउने मेलमिलाप यिनका पार्टीका कार्यकर्ताहरुले चाहेको देखिन्दैन । अहिले आफनो विचार, नीति र सिद्धान्तलाई छोडेर गठबन्धनको नाममा गरिएको राजनीतिक सहकार्य इमान्दार कार्यकर्ताहरुमा सैह्य नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्