| बुधबार, अशोज १७, २०८०

तीजको अवसरमा भीमसेन थापाको मसेलमा नृत्य प्रतियोगिता हुने

तीजको अवसर पारेर भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित देविथान मन्दिर परिसरमा नृत्य प्रतियोगिता हुने भएको छ । नवदुर्गा महिला बिकास समाजको आयोजनामा असोज १ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले दश हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले क्रमश सात हजार, पाँच हजार र दुई हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले भदौ ३१ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ ।

लोक संस्कृति झल्कने र राष्ट्रिय पोशाकलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । नृत्य प्रस्तुत गर्दा दुईदेखि चारजनासम्मको समूह हुनुपर्ने बताइएको छ । एउटा वडाबाट एउटा समूहमात्र सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्