
आधारभूत तह स्तरीय चित्रकला प्रतियोगीतामा सरस्वती माविका आदित्य पहिलो
५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा गोरखा नगरपालिका अन्तरगत आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा सम्पन्न भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सरस्वती मावि आहालेका आदित्य सुनार पहिलो भएका छन् ।
त्यस्तै मोर्डन सेकेण्डरी बोर्डिङ हरमटारीका स्वत्तिक श्रेष्ठ दोस्रो, तारा मावि छेवेटारकी मानसी नेपाली तेस्रो र मनकामना बहिरा आवासिय माध्यमिक बिद्यालयका समित थापा सान्त्वना भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश एक हजार पाँच सय, एक हजार, पाँच सय र तीन सय नगद पुरस्कारको साथ एक जोर पोशाक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
इन्ट्रयाक क्लब गोरखाका अध्यक्ष प्रशिद्धिका अर्यालको अध्यक्षता तथा रोटरी क्बल अफ गोरखाका अध्यक्ष ज्ञानहरि अर्यालको प्रमुख अतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा रोटरी क्लबका पुर्व अध्यक्ष काशिनाथ अम्गाई, बिशाल राना, पब्लिक सर्भिस चियर पार्वती पाठक, पब्लिक इमेज चियर प्रेमध्वज थापा, रोट्याक्ट क्लब अफ गोरखाका अध्यक्ष सुस्मिता लौडारी, सुरेन्द्र कुवँर, लक्ष्मी खत्री, दिपकबाबु श्रेष्ठ लगायको सहभागीता रहेको थियो । प्रतियोगीतामा नगर भित्रका १२ बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।