राम्रो नीतिनिर्माता पाएमा देश स्वर्ग बन्न सक्छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देशले राम्रो नीतिनिर्माता पाए नेपाल स्वर्ग बन्न सक्ने बताएका छन् । गोरखा सदरमुकामको हरमटारीस्थित खेलमैदानमा शनिवार आयोजित आमभेलालाई सम्बोधन गर्दै उनले नेपाल हरेक स्रोत र साधनमा सम्भावनायुक्त देश भएको बताए । ‘नेपाल कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा धेरै सम्भावना बोकेको देश हो । यो देशले राम्रो नीति निर्माता पायो भने यो देश स्वर्ग बन्न सक्छ,’ उनले भने, ‘त्यसैले हामी क्षमतावान मानिसहरुलाई राजनीतिमा ल्याउन चाहान्छौ ।’ २०८४ सालको आमनिर्वाचनमा क्षमतावान व्यक्तिहरुका लागि चुनावी मैदान तयार गरिएको उनले बताए ।
देश र जनताको समस्यो समाधान गर्न सक्ने र जनताको मत जित्न सक्ने इमान्दार व्यक्ति राजनीतिमा आउन जरुरी रहेको उनको भनाइ छ । अहिले रास्वपालाई जनताले निकै आशा र भरोस गरिरहेको बताउदै उनले कसैलाई धोका दिने अधिकार नभएको अभिव्यक्ति दिए । रास्वपा व्यक्ति बिशेष र पार्टी मात्र बनाउन खोलिएको नभई मुलुकलाई परिवर्तन गर्न खोलिएको पार्टी भएको उनको दावी छ ।
देशका पुराना राजनीतिक दलका नेताहरुले जनताको मतको दुरुपयोग गरिरहेको बताउदै उनले थपे, ‘कुनैपनि देश आज विकसित भएको छ भने त्यहाँ कसैले जादुको छडी चलाएको छैन, जनताले विवेक प्रयोग गरेका छन्, भ्रष्ट मान्छेलाई भोट हालेका छैनन्, इमान्दार र क्षमतावान व्यक्तिहरुलाई मात्र भोट दिएका छन् । अनि त्यो देश बनेको छ ।’
नेपालको इतिहासलाई भुल्ने, तोड्ने, मोड्ने काम कसैले गर्न नहुने बताउदै इतिहास पढ्ने चीज मात्र नभइ रचना गर्न सक्ने तागक राख्नुपर्ने उनले बताए । देश परिवर्तन गछु भनेर जनताको मत लिएर गएकाहरुले पटक पटक जनमतको दुरुपयोग गरेका कारण देश अहिलेको यो अवस्थामा आएकाले आगामी निर्वाचनमा जनताले आफनो विवेक प्रयोग गरी असल र क्षमतावान व्यक्तिलाई चुनेर पठाउन उनको आग्रह छ । अहिलेको अवस्थामा युवाहरु देश छाडिरहेको प्रति उनले चिन्ता व्यक्त गरे । देशमा कुनै युद्ध नभएपनि युद्धग्रस्त सरह युवाहरु उर्वरा भूमि छोडेर मरुभूमि रोजिरहेकाले उनीहरुलाई रोक्न नीति निर्माण तहमा रहेकाहरुले ध्यान दिन जरुरी रहेको उनले बताए ।
युवापुस्ता विदेश पलायन हुनु चिन्ताजनक : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले पछिल्लो समय देश छोडेर युवापुस्ता विदेश पलायन हुने क्रम बढ्नु निकै चिन्ताजनक भएको बताएका छन् । शनिबार गृह जिल्लामा भएको भेलालाई सम्बोधन गर्दै उनले युवाहरु विदेश पलायनको दर बढ्दै जानु देशका लागि निकै चिन्ताको विषय भएको बताएका हुन् । रोजगार र शैक्षिक अवसर खोज्ने क्रममा धेरै युवाहरु विदेश पलायन भएको भन्दै उनले थपे, ‘नेतृत्वबाट केहि हुन्न भनेर आश मरेकै कारण युवाहरु विदेश पलायन भइरहेका छन्, उनीहरुको आशाको दियोलाई बचाइराख्नु नै अहिलेको राजनीतिकर्मीहरुको मुख्य उद्देश्य हो ।’ रास्वपा सरकारमा गए पर्यटन, आइटी र जलविद्युतमा जोड दिने उनको भनाइ छ । अहिले रास्वपामा युवा सांसदहरुको बाहुल्यता रहेको र योजनाका साथ अघि बढेको उनले बताए ।
२३ वटा विभाग गठन
शनिबारको भेलाले २३ विभाग गठन गरिएको छ । महिला तथा सामाजिक विभागको सदस्यमा नितु श्रेष्ठ, जनसम्पर्क विभागको सदस्यमा असिरा मियाँ, कृषि विभागको सदस्यमा प्रेम बहादुर थापामगर, जनगुनासो विभाग सदस्यमा कृष्ण बहादुर थापामगर, स्वास्थ्य विभाग संयोजकमा जलाल दिनमियाँ, युवा विभागको संयोजकमा नवराज भट्टराई, श्रम विभागको सदस्यमा किसान राणा, कृषि विभागको संयोजकमा सन्तोष खडका चयन भएको नगरसचिव अमृत भट्टराइले बताए ।
त्यस्तै, सहकारी सदस्यमामा फत्त बहादुर खत्री, सहकारी विभाग संयोजकमा परशुराम बस्नेत, राट विभाग संयोजकमा थिर भत्त श्रेष्ठ, विकास योजना विभागको सदस्यमा रामहरी न्यौापने, जनसम्पर्क विभाग को संयोजकमा गोविन्द उपरकोटी, भ्रष्टचार विभागको संयोजकमा भाइकाजी बस्नेत चयन भएका छन् ।
युवा विभागको सदस्यमा हरि कुमार अधिकारी, शिक्षा विभागको संयोजकमा इश्वरी प्रसाद लामिछाने, विज्ञान विभागको सदस्यमा सानुकाजी बस्नेत, अभियान प्रचार विभागको संयोजकमा विष्णु प्रसाद देवकोटा,े सदस्यमा राम बहादुर खड्का र बेल बहादुर बस्नेत, संगठन विभागको संयोजकमा इश्वर श्रेष्ठ, सदस्यमा विष्णु बहादुर शाह र उद्योग विभागको संयोजकमा राजु बराइली चयन भएका छन्् ।