
मान्बुको श्यामचेतमा एक वुद्धाको शंकास्पद मृत्यु
आरुघाट गाउँपालिका–१ श्यामचेतमा एक वृद्धाको शंकास्पद मृत्यु भएको छ । ७० बर्षीया सनमाया लामा आफ्नो घरभित्र काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको दुवै कानको लोती च्यातिएको तथा शरीर रगताम्य भेटिएकाले मृत्यु शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शेखर खड्काको टोली र इलाका प्रहरी कार्यालय आरुघाटको टोली घटनास्थल पुगेर मुचुल्का गरी शवको पोष्टमार्टम समेत गरिएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।