| बुधबार, अशोज १७, २०८०

दरौदी पत्रिका २६ औँ वर्षमा प्रवेश (फोटो फिचर)

दरौदी प्रकाशन समूहद्धारा प्रकाशित दरौदी दैनिक पत्रिका २६ औ वर्षमा प्रवेश गरेको छ ।

२०५५ सालमा पाक्षिक रुपमा प्रकाशन हुदै आएको यस पत्रिका २०६७ साल असोज १ गतेबाट दैनिक बनेको थियो । सोहि अवसरमा शनिबार एक कार्यक्रमका बीच दरौदी दैनिक पत्रिकाले आफनो वार्षिक उत्सव मनाएको हो ।

दरौदी दैनिकका सम्पादक शिव उप्रेतीको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगर, गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल समाजवादी पार्टीकी केन्द्रिय पुर्णमाया वन्त, नेपाल बार एशोसिएसनका अध्यक्ष यादव शर्मा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, मानव अधिकार सन्जालका अध्यक्ष यदु अधिकरी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष हरि देवकोटा, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार महासंघका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतको कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्