
वडास्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा सत्यदेवी महिला समूह पहिलो
गोरखा नगरपालिका वडा नं १३ मा वडास्तरीय खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता भएको छ ।
वडा कार्यालयको आयोजना तथा दरौदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिको सह–आयोजनामा भएको ओमकारेश्वर मन्दिर प्राङगणमा भएको प्रतियोगितामा सत्यदेवी महिला समूह पहिलो भएको छ ।
प्रतियोगितामा पशुपति महिला समूह दोस्रो र जलदेवी महिला समूह तेस्रो भएका छन् । उनीहरुले क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएको वडाध्यक्ष मित्रा परियारले बताइन् ।
अन्य सहभागी आठ समूहलाई प्रति समूह तीन हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ११ समूहको सहभागीता रहेको थियो ।
दरौदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।