जहाँ राष्ट्रिय गानपछि मात्र शुरु हुन्छ कार्यालयको सेवा…
जब विहानको दश बज्छ, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा राष्ट्रिय गान घन्किन्छ । सबै कर्मचारीहरु आ–आफ्नो स्थानबाट उठेर राष्ट्रिय गानमा सरिक हुन्छन् । अनि बल्ल कार्यालयको सेवा शुरु हुन्छ ।
सार्वजनिक बिदा बाहेकका हरेक दिन ठिक दश बजे कार्यालयमा राष्ट्रिय गान बज्ने कार्यालय प्रमुख सर्मिला कुमालले बताइन् । ‘छतमा स्पिकर राखेका छौ, हाम्रो कर्मचारीले त्यसमा ब्लू टुथ कनेक्ट गरेर राष्ट्रिय गान बजाउनुहुन्छ,’ उनले भनिन्, ‘त्यसपछि मात्र हामी कार्यालयको सेवा शुरु गर्छाै ।’
गत भदौ ६ गतेबाट कार्यालयमा राष्ट्रिय गान बजाउन शुरु गरिएको उनले बताइन् । भदौ ५ गतेको कार्यालय प्रमुखहरुको बैठकमा यस बिषयमा चर्चा चलेको बताउँदै उनले थपिन्, ‘बैठकमा हल्का कुरा उठ्यो, त्यसो गर्दा राम्रै होला भनेर हामीले शुरु ग¥यौ ।’
राष्ट्रिय गानले कर्मचारीलाई अनुशासनमा राख्न समेत मद्दत पुग्ने उनको भनाइ छ । ‘हामीकहाँ ओजेटी गर्न आउने बिद्यार्थीहरु पनि प्राय हुन्छन्, त्यसैले राष्ट्रिय गान बजाएर कार्यालयको सेवा शुरु गर्दा उनीहरुलाई अनुशासनको दायरामा बाध्न सहयोग पु¥याउछ र हामीलाई पनि त्यसको अनुभूति गराउछ भन्ने हो,’ उनले भनिन् । कार्यालयमा बज्ने राष्ट्रिय गानले वरपर रहेकाहरुलाई कार्यालय समय शुरु भएको संकेत समेत गर्ने उनले जानकारी दिइन् ।