| बिहिबार, मंसिर १४, २०८०

गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप हुँदै

गोरखाको अजिरकोट गाउँपालिकामा तेस्रो अजिरकोट भलिबल कप २०८० हुने भएको छ। अजिरकोट गाउँपालिका ४ को गोगनपानी युवा क्लबको आयोजनामा उक्त भलिबल कप हुन लागेको हो ।

यसअघिका दुई संस्करण दशैँ कप भलिबल प्रतियोगिताको नामबाट संचालन भए पनि यसपटक भने परिमार्जित गर्दै अजिरकोट भलिबल कप नाम दिइएको छ । यसपटकको भलिबल कपमा गोगनपानी युवा क्लबको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुदसँगै पर्यटन विकास गराउने हाम्रो अभियान नारा दिइएको छ ।

खेल आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म अजिरकोट(४ गोगनपानीस्थित गोगनपानी युवा क्लबको खेल मैदानमा हुनेछ । भलिबल कपमा गोरखा, तनहुँ, लमजुङ र कास्की जिल्लाका १२ टोलीहरुको सहभागी हुनेछन् । कपको विजेताले नगद ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै उपविजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद तीन हजार रुपैयाँसँगै ट्रफी हात पार्नेछ । हरेक खेलका म्यान अफ दि म्याचलाई अजिरकोट गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको वृतचित्र मायाको चिनो प्रदान गरिनेछ ।

गाउँपालिकाभित्र रहेका युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउनको लागि कप आयोजना गरिएको क्लबले जनाएको छ । त्यस्तै खेल पर्यटनमार्फत आर्थिक र सामाजिक विकासमा टेवा दिने, स्थानीय स्तरमै सक्षम तथा स्तरीय खेलाडी तयार गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउन सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्