
कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु भएको छ । असोज ११ गते परेको विश्व रेविज दिवसको सन्दर्भ पारेर कार्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
शुक्रवारबाट शुरु भएको शिविर असोज ११ गतेसम्म चल्ने कार्यालय प्रमुख सर्मिला कुमालले बताइन् । सो अवधि भर कुकुर र बिरोलोलाई रेविज बिरुद्धको खोप लगाइने उनले जानकारी दिइन् ।
‘अन्य बेला खोप लगाउँदा ८० रुपैया तिर्नुपथ्र्याे’ उनले भनिन्, ‘शिविर अवधिभर आउँदा राजश्व वापतको २५ रुपैया मात्र तिरे पुग्छ ।’
आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई रेविजबाट सुरक्षित रहन कार्यालयले कुकुर तथा बिरालोपालकहरुलाई आग्रह समेत गरेको छ । असोज ११ गते धार्चे गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालन गर्ने योजना समेत रहेको उनले बताइन् ।