
इप्रका आँबुखैरेनीद्वारा लागु औषध र प्रतिवन्धित औषधी सहित दुई युवा पक्राउ
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले प्रतिवन्धित औषधी ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–१६ का २० बर्षिय रबि श्रेष्ठ रहेका छन् ।
काठमाण्डौबाट लमजुङ जाँदै गरेको माइक्रोमा सवार उनलाई सवारी चेकजाँचको क्रममा तनहूँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ८७ पत्ता (८७० क्याप्सुल) ट्रामाडोल नामको औषधी भेटिएको कार्यालयले जनाएको छ । उक्त औषधी सहित उनलाई आवश्यक कारवाहीका लागी औषधी व्यवस्था बिभाग बबरमहल पठाइएको बताइएको छ ।
त्यस्तै गत बुधवार बिहान सवारी चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेका पोखरा महानगरपालिका–२७ का २१ बर्षिय बिराज बिकलाई पक्राउ गरिएको हो । प्रहरीले बिकको साथबाट १५ एम्पुल डाइजेपाप, बुप्रेनोर्पिmन र फेनार्गन बरामद गरेको जनाएको छ । उनीविरुद्ध जिल्ला अदालत तनहूँबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।