| बिहिबार, मंसिर १४, २०८०

म मुख्यमन्त्री छु, तर चाहेर पनि धेरै गर्न सक्ने अवस्था छैन : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन् ।
आइतबार कांग्रेस केन्द्रीय समितिमा धारणा राख्दै उनले कांग्रेसले संविधानमा उल्लेख भएर मात्र संघीयतालाई आत्मसात गरेको हो वा यसलाई लागू गर्ने दृढ इच्छाशक्ति पनि छ भनेर प्रश्न गरेका हुन् । ‘संघीयताका विषयमा प्रश्न उठिरहेका छन् ।

अब कांग्रेस यो बारेमा प्रष्ट हुनुपर्छ भन्ने मलाइ लाग्छ’, मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो । यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ?’
संघीय, प्रदेश र स्थानीय गरी तीन तहको संरचना रहेकामा अहिले पहिलो प्रहार प्रदेश संरचनामाथि भइरहेको कांग्रेस केन्द्रीय सदस्य पाण्डेले बताए ।

संविधानमा कल्पना गरेअनुसारको कानुन संघीय सरकारले नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको उनले बताए । ‘म मुख्यमन्त्री छु, मैले चाहेर पनि गर्न सक्ने अवस्था धेरै छैन । संविधानमा जे कल्पना ग¥यौं, त्यो अनुसार कानुन बनाउन सकेनौं बनाउने रुचि पनि देखाएका छैनौं’, उनले भने ।

मुख्यमन्त्री पाण्डेले ३ वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य पनि नहुने दाबी गरे । अहिले नागरिक असन्तुष्टिको पहिलो प्रहार प्रदेश संचनामा देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्