
सिरानचोकमा एक महिना अगावै मनाइयो दशैँ
पर्व सुधार भन्दै सिरानचोक गाउँपालिकाका केही स्थानमा सोमवार दशै मनाइएको छ । टिका र जमरा लगाएर दशैँको विजया दशमी मनाइएको पर्व समय सुधार समाज गोरखाले जनाएको छ ।
नेपाली पात्रो अनुसार आउँदो कात्तिक १० गते दशैको टिका छ । तर पर्व सुधार भन्दै समाजले एक महिना अगावै विजया दशमी मनाएको हो । सिरानचोक गाउँपालिकाको वडा नम्वर २, ५ र ८ का स्थानहरुमा दशै मनाइएको केशरसिं बस्नेतले बताए ।
खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३.२७ सेकेण्ड समय अपुग हुने र दिनदिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैँ एक महिना अघि सरेको समितिको भनाइ छ ।