| बुधबार, अशोज २३, २०८१

पालुङटार नगरपालिकाको कार्यक्रम समीक्षा : चौतारा संरक्षणदेखि सडक कालोपत्रेसम्म

पालुङटार नगरपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७१.८९ प्रतिशत रहेको छ । चालुतर्फ ७८.३१ प्रतिशत र पुँजीगततर्फ ५९.६५ प्रतिशत खर्च प्रगति भएको नगरपालिकाले जनाएको छ । आइतवार जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गत आव बिभिन्न शीर्षकमा कुल १ अर्व ५ करोड ९ लाख रकम विनियोजन भएको बताए । जसमध्ये ७५ करोड ५६ लाख रकम खर्च भएको उनले जानकारी दिए ।

उनका अनुसार आर्थिक बिकासतर्फ दश करोड ९९ लाख रकम विनियोजन भएकोमा ४२ लाख २५ हजार मात्र खर्च भएको छ । उक्त शिर्षकको खर्च प्रगति ३८.४४ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै पूर्वाधार बिकास तर्फ विनियोजित २५ करोड २३ लाख रकममध्ये १५ करोड २८ लाख खर्च भएको भण्डारीले बताए । खर्च प्रगति ६०.५८ प्रतिशत रहेको उनले जानकारी दिए ।

उनका अनुसार सामाजिक बिकास तर्फको खर्च प्रगति ८६.३९ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फको ७६.४ प्रतिशत रहेको छ । सामाजिक विकासतर्फ गत आव ४३ करोड २४ लाख विनियोजन भएकोमा ३७ करोड ३१ लाख खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ विनियोजित ११ करोड ९२ लाखमध्ये ९ करोड ११ लाख खर्च भएको पालिकाले जनाएको छ । कार्यालय संचालन तथा प्रशासनिक तर्फको खर्च प्रगति भने ७०.१७ प्रतिशत रहेको बताइएको छ ।

गत आव पालिकाले ६ वटा ऐन, दुई वटा नियम÷नियमावली र भवन निर्माण आचारसंहिता सम्बन्धी एउटा मापदण्ड बनाएको छ । आव २०७४÷७५ देखि हालसम्म १६ वटा ऐन, पाँच वटा नियमावली, तीन वटा निर्देशिका र एउटा मापदण्ड निर्माण भएको पालिकाले जनाएको छ ।

त्यस्तै गत आव नगरपालिकाले २.७ किलोमिटर सडक कालोपत्रे÷ढलान गरेको छ । २८.१ किलोमिटर सडक ग्रावेल र १७.८ किलोमिटर कच्चि सडक स्तरोन्नति गरिएको पालिकाले जनाएको छ । चार किलोमिटर नयाँ ट्रयाक समेत खोलिएको बताइएको छ । पालिकाका अनुसार चार सय मिटर फुटपाथ समेत निर्माण भएको छ ।

‘गत बर्ष १ हजार ७५५ घरधुरीमा खानेपानी सेवा बिस्तार तथा मर्मत ग¥यौ, ६० वटा सामुदायिक भवन निर्माण तथा मर्मत भयो,’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘१६ स्थानमा झोलुङ्गे पुल, कजवे, कल्भटै तथा फट्के हाल्यौ, ६ स्थानमा खेलकुद मैदान पनि बनायौ ।’ ९ वटा चौतारा निर्माण तथा संरक्षण समेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्